रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पूर्ववत् पार्टी गतिविधिमा सक्रिय भएका छन् । शुक्रबार रिहा भएका सभापति लामिछानेको अध्यक्षतामा आज रास्वपाको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । केन्द्रीय समिकिो बैठक अपराह्न ४ बजेका लागि तय गरिएको छ । बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए । केन्द्रीय […]

हतियारसहित भारतीय सुरक्षाकर्मी बर्दीमै जबर्जस्ती नेपाल प्रवेश गरेको खुलासा

काठमाडौँ । पर्सा जिल्लामा बर्दीधारी भारतीय सुरक्षाकर्मी गाडीसहित नेपालतर्फ प्रवेश गरेको घटना सार्वजनिक भएको छ। भारतीय सुरक्षाकर्मीहरू भारतीय सीमावर्ती क्षेत्र धोबिनी गाउँपालिका–५ भित्र प्रवेश गरेको जानकारी गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले दिएका छन्। अध्यक्ष चौहानका अनुसार भारतीय सुरक्षाकर्मीहरू शुक्रबार हतियारसहित गाडी लिएर नेपाली भूमिमा प्रवेश गरेका थिए। स्थानीयले अनुमति बिना किन नेपाल प्रवेश गरिएको हो भन्ने […]

ताप्लेजुङमा बन्दुकसहित युवकको शव फेला

ताप्लेजुङ । भरुवा बन्दुकसहित एक युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पाको घाँटीमा गोली लागेको छ । उनी आज बिहान मृत अवस्थामा फेला परेका हुन् । स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसहित शेर्पाको शव फेला परेको जानकारी वडाध्यक्ष खगेन्द्र थक्लुङले प्रहरीलाई दिएपछि सुरक्षाकर्मीको […]

रास्वपाले रवि रामिछानेलाई ३ बजे कार्यालयमा स्वागत गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई आइतबार दिउँसो ३ बजे कार्यालयमा स्वागत गर्ने भएको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने शुक्रबार रिहा भएका थिए । उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा धरौटीमा रिहा भएपछि लामिछाने हिजो चितवनमा समर्थक तथा शुभचिन्तकलाई सम्बोधन गरेर काठमाडौँ फर्किसकेका छन् । […]

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने बताएका छन्। देशभरका विद्यालयमा भएका मनपरी, बेथिति, भ्रष्टाचार र राजनीति हटाउन अभिभावक एकजुट भएर आन्दोलन गर्नुपर्ने उनको भनाइ छ। शिक्षा मन्त्रालयले काठमाडौंबाट निर्देशन दिएर मात्र नपुग्ने भन्दै उनले अभिभावकले आन्दोलन गरेर कडा चेतावनी नदिएसम्म विद्यालय सुधार नहुने बताएका हुन्। शिक्षामन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘शिक्षा […]

नोबेल मेडिकल कलेजको पाँचौ तलाबाट खसे इन्टर्न डाक्टर, उपचारको क्रममा मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका एक जना इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार बिहान ६:३० बजेको समयमा नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट खसेर ३४ वर्षीय अमित यादवको मृत्यु भएको हो । सप्तरीको राजविराज नगरपालिका वडा नं. ९ जगदरी घर भएका उनी पाँचौ तलामाथिबाट तल […]

इमरान खान दम्पतीलाई अदालतले तोक्यो १७–१७ वर्ष जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको छ । तोशाखाना अनुसन्धानसँग जोडिएको मुद्दामा शनिबार २० डिसेम्बरको दिन अदालतले खान दम्पतीलाई समान १७ वर्ष जेल सजाय सुनाएको हो । १७–१७ वर्षको जेल सजायसँगै अदालतले इमरान खान र बुशरा बीबीलाई १ करोड ६४ लाख […]

तेल ट्यांकर नियन्त्रणमा लिएपछि अमेरिका–भेनेजुएला तनाव चर्कियो

काठमाडौँ । अमेरिकाले भेनेजुएलाको तेल बोकेको अर्को एक ट्यांकर जहाज कब्जा गरेको छ। अमेरिकी तट रक्षक बल (यूएस कोस्टगार्ड) ले भेनेजुएला तट नजिक उक्त ट्यांकर नियन्त्रणमा लिएको हो। यस घटनाले अमेरिका र भेनेजुएलाबीचको कूटनीतिक तनाव झनै चर्किएको छ भने भेनेजुएलाको तेल निर्यातमा थप असर पर्ने देखिएको छ। यसअघि पनि अमेरिकाले भेनेजुएलाबाट आएको तेल बोकेको जहाजमा […]

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदै

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन्। सचिवालयका अनुसार उनी पुस ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा डा. भट्टराईले त्यहाँका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका विभिन्न प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट तथा छलफल गर्नेछन्। विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य, लोकतान्त्रिक अभ्यास र दक्षिण एसियाको समसामयिक राजनीतिक अवस्थाबारे उनले […]

आज देशभर पहाड–हिमाल र तराईमा कस्तो रहला मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई भूभागका धेरै स्थानमा हुस्सु लागेको अवस्था छ। आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। राति पनि मौसममा खासै परिवर्तन नआउने र देशभर आंशिक बदली नै […]