काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गर्ने भएका छन्। सचिवालयका अनुसार उनी पुस ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। भारत भ्रमणका क्रममा डा. भट्टराईले त्यहाँका बौद्धिक, कूटनीतिक तथा शैक्षिक क्षेत्रका विभिन्न प्रतिनिधिहरूसँग महत्त्वपूर्ण भेटघाट तथा छलफल गर्नेछन्। विशेषगरी नेपाल–भारत सम्बन्ध, क्षेत्रीय सहकार्य, लोकतान्त्रिक अभ्यास र दक्षिण एसियाको समसामयिक राजनीतिक अवस्थाबारे उनले […]
Author: ननस्टप संवाददाता
आज देशभर पहाड–हिमाल र तराईमा कस्तो रहला मौसम ?
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने तराई भूभागका धेरै स्थानमा हुस्सु लागेको अवस्था छ। आज दिउँसो देशभर आंशिक बदली रहने अनुमान गरिएको छ। राति पनि मौसममा खासै परिवर्तन नआउने र देशभर आंशिक बदली नै […]
मधेस प्रदेशमा आज सभामुख चयन हुँदै, यादव र त्रिलोकीबीच प्रतिस्पर्धा
काठमाडौँ । मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज निर्वाचन हुने भएको छ। सभामुख चयनका लागि दुई जना प्रदेश सांसदले उम्मेदवारी दर्ता गराएका छन्। सभामुख पदका लागि सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादबीच प्रतिस्पर्धा हुने भएको हो। रामअशिष यादवको उम्मेदवारीमा […]
कुलमान भन्छन् : अहिलेसम्म कमाएको प्रतिष्ठा सकिए पनि सकियोस् भनेर पार्टी खोलेँ
चितवन । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले अहिलेसम्म आफूले कमाएको प्रतिष्ठा दाउमा राखरै भए पनि पार्टी खोलेर अगाडि बढेको बताएका छन् । उज्यालो नेपाल पार्टीको चितवन भेलालाई आज भरतपुरमा सम्बोधन गर्दै कुलमानले कतिपय मान्छेले आफूलाई राजनीति नगर्न सुझाव दिएको भए पनि राजनीति पार्टीबाट नै देशलाई अगाडि बढाउने सोचले राजनीतिमा होमिएको बताए । उनले विद्युत् […]
सिरियाको ७० ठाउँमा लक्ष्य गरेर अमेरिकाले गर्यो हमला
काठमाडौँ । अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईएसआईएस)को क्याम्प, हतियार भण्डारण केन्द्रलाई लक्ष्य गरेर दर्जनौं स्थानमा हवाई हमला गरेको छ। हालै सिरियामा भएको आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको बदला स्वरूप यो अमेरिकाले शुक्रबार झन्डै ७० ठाउँमा हमला गरेको हो। यसलाई ‘अरेसन हकवाइ’ नाम दिइएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। यस कारबाहीमा आईएसआईएससँग जोडिएका पूर्वाधार र […]
सरकारको सय दिनमा प्रधानमन्त्री कार्कीको सम्बोधन : सुशासन र निर्वाचन नै अर्जुन दृष्टि
कठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको बताएकी छन् । जेनजी आन्दोलनपछि सरकार गठन भएको १०० दिन पुगेको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यो सरकारले सुशासन र निर्वाचनलाई अर्जुन दृष्टि बनाएको बताएकी हुन् । ‘जेनजी आन्दोलनको भावनाअनुसार यो सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुन दृष्टि बनाएको छ’, उनले भनेकी छन्, ‘ […]
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ । भृकुटीमण्डपमा आयोजना हुने सभामा ५० हजार मानिस सहभागी हुने सो पार्टीको दाबी छ । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा हुन लागेको सभामा करिब ५० हजार मानिस सहभागी हुने अपेक्षा गरिएको नेता रामकुमार भट्टराईले जानकारी दिए । […]
मधेसका मुख्यमन्त्रीले पाए विश्वासको मत
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् । शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव राखेका यादवलाई प्रदेश सभाले विश्वासको मत दिएको हो । यादवको पक्षमा कुल ९२ मत परेको थियो । मतदानमा सहभागी भएका सबै सांसदहरूले उनलाई मत दिएका थिए । साेही कारण प्रस्तावकाे विपक्ष तथा तटस्थमा शून्य मत परेकाे थियाे । […]
सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई पक्राउ गरेको छ। उनलाई शुक्रबार काठमाडौंको चुनदेवीबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए। अग्रवालविरूद्ध नेपाल धितोपत्र बोर्डले उजुरी गरेको देखिएको छ। बोर्डले गरेको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर खरिद गरेका थिए। तर उनले धितोपत्र सम्बन्धी ऐन, २०६४ को दफा […]
प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले आफ्ना विरूद्ध भ्रष्टाचारका मुद्दा भए/नभएको स्वघोषणा गर्नुपर्ने
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा आफ्ना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भए/नभएको विषयमा स्वघोषणा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भ्रष्टाचारको कसूरमा अनुसन्धान भए/नभएको विषय स्वघोषणामा उल्लेख गर्न लागिएको बताए। ‘यो व्यवस्थाले उम्मेदवारलाई नैतिक जिम्मेवार बनाउन आयोगले राख्न लागेको हो,’ भट्टराईले भने, ‘मनोनयनपत्र दर्ता गर्दा यो स्वघोषणा साथै […]











