काठमाडौँ । टी-२० विश्वकपमा इंग्यान्डसँग ४ रनले पराजित भए पनि नेपालले विश्वभरिबाटै प्रशंसा पाइरहेको छ। आइतबार मुम्बईको वांखडे स्टेडियममा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि अहिले विश्वभरका चर्चित क्रिकेट खेलाडीदेखि टिमहरू समेतले प्रशंसा गरेका हुन्। दक्षिण अफ्रिकाका सर्वकालीन महान् तीव्र गतिका बलरले त नेपाललाई सहयोग गर्न आफू कुनै पनि बेला तयार रहेको भन्दै ट्विट गरेका छन्। उनले […]
Author: ननस्टप संवाददाता
केपी ओलीसँग भेटेपछि पक्राउ परेका दुर्गा प्रसाईं दुई दिन हिरासतमा बसेर छुटे
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । शुक्रबार प्रहरीले उनलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयकाे निर्णय अनुसार उनलाई आइतबार साँझ ‘हाजिर जमानी’मा रिहा गरिएको साइबर ब्यूरोका एसपी दिपकराज अवस्थीले बताए । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले दुई दिन हिरासतमा बसेर छुटेका हुन् । […]
रोहित पौडेलले तोडे पूर्व कप्तान पारस खड्काको रेकर्ड
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका छन् । रोहितले आईसीसी पुरुष टी–२० विश्वकपको इतिहासमा नेपालको तर्फबाट कप्तानका रूपमा सर्वाधिक खेल खेल्ने रेकर्ड आफ्नो नाममा लेखाएका हुन्। यसअघि यो कीर्तिमान नेपालका सफल पूर्व कप्तान पारस खड्काको नाममा रहेको थियो। सन् २०१४ मा बङ्गलादेशमा सम्पन्न टी–२० विश्वकपमा पारसको […]
इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता रामबहादुर राउत मातृदासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, […]
रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश, उम्मेदवार हुन नपाउने
काठमाडौँ । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको हो […]
पशुपति आर्यघाटमा अभिनेता सुनिल थापाको अन्त्येष्टि, मन्त्री सिन्हाले ओढाए राष्ट्रिय झण्डा
काठमाडौँ । दिवंगत वरिष्ठ अभिनेता सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। थापाकाे पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रदान गरे । थापालाई मन्त्रीसहित नेपाल प्रहरी प्रमुखसहित वरिष्ठ कलाकारहरु नीर शाह, शम्भुजीत बासकोटा लगायत आफन्त, शुभेच्छुक आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए । उनलाई छोरा अनमोलले दागबत्ति दिएका थिए। […]
कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा काठमाडौं ५ का उम्मेदवार कमल थापाले चुनावी अभियानमा घरदैलोमा जाँदा मतदाताले अब राजा नभई नहुने कुरा गरेको बताएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘जहाँ हामी भोट माग्न गएका छौं, अधिकांशले हामी हिन्दु राष्ट्र चाहन्छौँ भन्छन्। अधिकांंशले अब राजा नभई हुँदैन भन्छन्। केवल बुढापाकाले मात्रै होइन, […]
संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश
काठमाडौँ । स्वास्थ्य सेवा विभागको तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश भएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै प्रमाण बुझ्ने आदेश भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते स्वास्थ्य सेवा […]
नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य
काठमाडौँ । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले जितका लागि १८५ रनको लक्ष्य पाएको छ । वानखडे क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो । इङ्ल्यान्डका लागि जेकब वेथेल र कप्तान हेरी बेकरले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका जेकबले ४ चौका र […]
धादिङको दसकिलो बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, दुई घाइते
धादिङ । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा आज बिहान भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आज बिहान करिब साढे ७ बजे दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस, काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बससँग ठोक्किँदा दुर्घटना भएको […]











