यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ […]

पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराई भूभागमा तुवाँलो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ। देशको उच्च पहाडी र हिमाली भूभागमा […]

धनुषाको हंसपुर नगरपालिकाका मेयर यादवको निधन

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदिप कुमार यादवको निधन भएको छ । गत बिहीबार राति उनलाई मस्तिष्क घात भएपछि जनकपुरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारको लागि शुक्रबार हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उपचारका क्रममा काठमाडौंको नर्भिक अस्पतालमा सोमबार उनको निधन भएको हो । उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएका थिए।

धनकुटाका स्वतन्त्र उम्मेदवार तामाङसँग लिखित स्पष्टीकरण माग

धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनमा धनकुटाबाट स्वतन्त्रतर्फ उम्मेदवारी दिएका लाक्पा तामाङसँग मुख्य निर्वाचन अधिकृतको कार्यालयले लिखित स्पष्टीकरण माग गरेको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको तामाङको अभिव्यक्तिलाई लिएर उजुरी परेपछि कार्यालयले सो विषयमा प्रक्रिया अघि बढाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अभिव्यक्तिमा नेकपा (एमाले) का तर्फबाट प्रतिनिधि […]

मन्त्रिपरिषद् बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं । सरकारले सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न तीन वटा मुख्य निर्ण सुनाएका हुन् । उनका अनुसार, राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश २०८२ स्वीकृत भएको छ । त्यस्तै, जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगको समय अवधि पनि थपिएको […]

सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णय सर्वसम्मतिले पारित

काठमाडौं । राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ । सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन् । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, […]

एआईको दुरुपयोग रोक्न नेपाल प्रहरीले छुट्टै सेल गठन गर्छ : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताएका छन् । सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरू प्रशारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानूनी उपचारका लागि पनि नेपाल प्रहरीले सो सेवा गठन गर्न लागेको उनको भनाइ छ । सोमवार काठमाडौंमा आयोजित अपराध अनुसन्धान […]

नेप्से सूचकमा दोहोरो अंक गिरावट निरन्तर

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । आइतबार १०.२४ अंक घटेको नेप्से सोमबार २६.०५ अंक घटेको हो । आगामी २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सेयर बजार भने नकारात्मक देखिएको छ । निवार्चन समयमा भएको खण्डमा सेयर बजारमा लगानी बढ्ने अनुमान गरिए पनि चुनाव नजिकिएसँगै […]

पर्यटन विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ । सोमबार बसेको सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो । यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ५ वैशाख २०८२ मा ल्याएका थिए […]

स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले गरे कांग्रेसका शिवाकोटीलाई समर्थन

काठमाडौँ । दोलखामा स्वतन्त्र उम्मेदवार रहेका महेन्द्र खड्काले नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएका छन्। तामाकोशी–४ मालुस्थित गोलमेश्वर मन्दिरको प्राङ्गणमा आइतबार आयोजित एक कार्यक्रमबीच खड्काले उम्मेदवारी फिर्ताको घोषणा गरेको दोलखा कांग्रेसले जनाएको छ। उम्मेदवारी फिर्ता लिँदै खड्काले जेनजी पुस्ताका अगुवाहरूले अनुभवी र भिजन भएका व्यक्तिलाई समर्थन गर्दा मात्र समाजमा वास्तविक […]