भक्तपुर । उच्च शिक्षा प्राप्तिका लागि अष्ट्रेलिया र न्यूजिल्यान्ड रोज्ने विद्यार्थीका लागि भक्तपुरमा एक्स्पो हुने भएको छ । ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ आगामी भदौ १ देखि ३ गतेसम्म भक्तपुरमा आयोजना हुने भएको हो । आर्गस एजुकेशन भक्तपुर, सूर्यविनायकको आयोजनामा हुने तीनदिने यो एक्स्पोमा दुवै देशका प्रतिष्ठित विश्वविद्यालयका अध्ययन कार्यक्रम, छात्रवृत्ति अवसर, भर्ना […]
Author: Nonstop Khabar
नेपालका जेलमा २८ हजार ७ सय १८ जना कैदीबन्दी
काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् । उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा बालबालिका ६४ जना, विदेशी १ […]
शुक्रबार राजधानीमा अष्ट्रेलियन एजुकेशन फेयर, उपत्यका बाहिर पनि आयोजना हुने
काठमाडौँ । अष्ट्रेलियामा उच्च शिक्षा प्राप्त गर्ने सोच राख्ने नेपाली विद्यार्थीलाई लक्षित गरी शुक्रबार राजधानीमा अष्ट्रेलियन एजुकेशन फेयर-२०२५ आयोजना हुने भएको छ। ग्लोबल एजुकेशन सर्भिसेज प्रा. लि. (ग्लोबल रीच)को आयोजनामा होटल याक एण्ड यतिमा हुने यो मेला बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। मेलामा ३० भन्दा बढी अष्ट्रेलियन विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको उपस्थिति रहने […]
कृषकको आम्दानीमा सुधार ल्याएको मन्त्री अधिकारीको दावी
ललितपुर । नेपालले दिगो, समावेशी र जलवायु उत्थानशील कृषि क्षेत्र निर्माणको प्रतिबद्धता लिएको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बताएका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एफएओ नेपाल तथा साझेदार संस्थाहरूको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा आयोजित “पारिवारिक खेती र समावेशी ग्रामीण रूपान्तरण : जलवायु परिवर्तनको सन्दर्भमा दिगो विकासका लागि नवप्रवर्तन” विषयक अन्तर–क्षेत्रीय संवाद कार्यक्रममा […]
सिटिइभिटीका तीन सदस्यलाई मन्त्री पन्तको प्रतिशोधपूर्ण पत्र, मन्त्रीबाटै ऐनको उल्लंघन
भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)का तीनजना सदस्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बर्खास्तीको पत्र थमाएका छन् । परिषद् अध्यक्षसमेत रहेका मन्त्री पन्तले परिषद्को ऐनका दफाहरूलाई समेत छेडखानी गरी पत्र थमाएपछि प्रतिशोधपूर्ण निर्णय गरेको आरोप लागेको छ । उनले सदस्य विश्वनाथ ओझा, रामकुमार यादव र शैलन्द्रमोहन झालाई बर्खास्तीको पत्र थमाएका हुन्। […]
भक्तपुरमा निसान गाडीको ठक्करबाट सिन्धुपाल्चोकका एक युवकको निधन
भक्तपुर । भनपा-९ ब्रह्मायणी चाेकमा निसान गाडीको ठक्करबाट एक युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक सिन्धुपाल्चोकको बाह्रविसे-८ स्थायी घर भई हाल भनपा-९ ब्रह्मायणी बस्ने वर्ष ३४ सुनिल कार्की रहेका छन् । करिब सबा ४ बजे बा.प्र.०१-००६ ख ६६८४ नं. को निशान गाडीले हिँडिरहेको अवस्थामा उनलाई ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । उनलाई […]
हनुमन्ते खोलामा नेपाली सेनाका हवल्दारको शव फेला
भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे १ बजेको समयमा शव फेला परेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक दत्ताराम अधिकारीको कमान्डमा खटिएको प्रहरीले घटनास्थलको मुचुल्का तयार पारी करिब ३ बजेको समयमा शवलाई पोस्टमार्टमका लागि दुवाकोट स्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा पठाइएको जिल्ला प्रहरी […]
एलिसाको सौन्दर्यको भग्नावशेष सार्वजनिक
काठमाडौं । कवि तथा सञ्चारकर्मी एलिसा ढुंगानाको कविता संग्रह सौन्दर्यको भग्नावशेष सार्वजनिक भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीले कृतिको विमोचन गरे। अधिकारीका अनुसार एलिसाका कविताले जीवन र जगतका सत्यलाई सहज रूपमा अभिव्यक्त गरेका छन्। डा. नवराज लम्सालले कवितामा सपना, रहर मात्र नभई अवसाद र असन्तुष्टिका बीच अघि बढ्ने सजगता भेटिन्छ […]
मदन–आश्रित स्मृति प्रतिष्ठान पार्टी हित विपरीत प्रयोग हुनु हुँदैन : अध्यक्ष ओली
ललितपुर । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरू व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताएका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको सपथ ग्रहण कार्यक्रममा ओलीले स्थापित नेताको सम्मानमा खोलिएका र पार्टीसँग जोडिएका प्रतिष्ठान र संस्थाहरू ठगी खाने भाँडो हुन नहुने बताएका […]
सानिमाको नाफा १ वर्षमा साढे २ अर्ब, प्रति सेयर कति?
काठमाडौ । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२४ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ६ अर्ब १८ करोडबाट बढेर ६ […]










