धनुषा । धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहाल उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो । […]
Author: Nonstop Khabar
आज मंसिर २८ गते शनिबार, तपाईंको राशिफलमा यस्तो छ हेर्नुहोस्
वि.सं. २०७६ मंसिर २८ गते शनिबार । इ.स. २०१९ डिसेम्बर १४ । नेपाल संवत ११४० थिंलागा । पौष कृष्णपक्ष । द्वितीया, ९:४८ उप्रान्त तृतीया । उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। […]
भूमि व्यवस्थामन्त्रीको दाबी: लिम्पियाधुरा समेटिएको नक्सा निकाल्छौँ
भक्तपुर, २७ मङ्सिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरिने बताएकी छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार बोल्दै उनले प्रमाण जुटाएर लिम्पियाधुरासहितको नक्सा निकाल्ने बताएकी हुन्। सांसदहरुका कडा प्रश्न सामना गरेपछि उनले भारतले सीमा मिचेकोबारेमा भइरहेको पहल सकारात्मक दिशामा गइरहेको जानकारी दिइन्। ‘हामी सकरात्मक […]
शितलहर र हिमपातको प्रभावबाट जोगिन मधेशी आयोगको आग्रह
काठमाडौं २७ मंसिर । मधेशी आयोगले शितलहर र हिमपातको प्रभावबाट बच्नका लागि न्यानो लुगा लगाउन र सो समयमा घर बाहिर ननिस्कन तथा आगो तापी बस्न सर्वसाधारणलाई आग्रह गरेको छ । आयोगले मौसम पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान अनुसार विहिवारदेखि शितलहर र हिमपात शुरु भएको हुनाले त्यस्तो आग्रह गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै समयमै प्रभावकारी […]
नेपाल टेलिकमले पीपीएलको सहप्रायोजन गर्ने
काठमाडौं । नेपाल टेलिकम पोखरामा भोलि शनिबारदेखि प्रारम्भ हुने पोखरा प्रिमियर लिग (पीपीएल) को सह-प्रायोजक बनेको छ । आगामी पुस १२ गतेसम्म चल्ने पीपीएलका १५ वटा लिग, एक-एकवटा क्वालिफायर र फाइनल गरी कूल १७ खेलमा सहभागी खेलाडीहरुलाई कम्पनीले विभिन्न सम्मान र गिफ्ट प्याकेज उपलब्ध गराउने छ । लिगका प्रत्येक खेलका उत्कृष्ट खेलाडीहरुलाई कम्पनीले ‘नेपाल टेलिकम […]
उपत्यकामा पानी परेसंगै चन्द्रागिरिमा हिउँ
काठमाडौं, २७ मंसिर । काठमाडौं उपत्यकामा पानी परेको छ । देशभर मौसममा आएको बदलीसँगै उपत्यकामा पनि पानी परेको हो । देशको पश्चिम भेगबाट बुधबारदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीले पानी परेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । चन्द्रागिरीलगायत स्थानमा भने हिउँ परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका […]
अवैध च्यानल प्रसारण गर्नेको लाइसेन्स रद्द गर्न सञ्चारमन्त्रीको निर्देशन
काठमाडौं २७ मंसिर। सरकारले अनधिकृत रुपमा विदेशी च्यालन प्रसारण गर्ने डिभाइन स्ट्रम नेटवर्क प्रालि मेरो टिभीको लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । पटक पटकको लिखित तथा मौखिक निर्देशन र एक साताअघिको अन्तिम चेतावनी पनि अटेर गरेपछि कानुन बमोजिम इजाजतपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो । सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल बास्कोटाले अवैध […]
कारको ठक्करबाट २८ वर्षीय पैदल यात्रीको मृत्यु
बुटवल, २७ मंसिर । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ बडेरामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा सुनवल नगरपालिका–१३ बडेराका २८ वर्षीय रमेश शाही रहेका छन् । काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको बा १३ च ७४८८ नम्बरको कारले गए राति पूर्वपश्चिम राजमार्गअन्र्तगत बडेरामा उनलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते शाहीको बुटवलस्थित सिटी अस्पतालमा […]
अत्याधिक हिमपातका कारण चार विद्यालयको परीक्षा नै स्थगित
डोल्पा २७ मंसिर, । हिमाली जिल्ला डोल्पामा हिमपातका कारण वार्षिक परीक्षा स्थगन भएको छ । यहाँको ठूलीभेरी नगरपालिकाअन्तर्गत पर्ने एउटा आधारभूत र चार वटा माध्यमिक विद्यालयको वार्षिक परीक्षा स्थगन भएको हो ।नगरपालिकाभित्र पर्ने लक्ष्मी मावि थरगाउँ, विद्यामन्दिर मावि माझफाल, सरस्वती मावि दुनै, आदर्श मावि जुफाल र शुभकामना आधारभूत विद्यालयको नेपाली विषयको परीक्षा स्थगन भएको हो […]
नेकपा सचिवालय बैठक स्थगित
काठमाडौँ २७ मसिंर । नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ ।यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो । नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार […]











