कक्षा ११ ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

भक्तपुर, १ पुस

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । सोमबार उक्त परीक्षाफल प्रकाशन गरिएको हो । कात्तिक ३० र मङ्सिर १ गते लिइएको उक्त परीक्षामा १ लाख ४ हजार ३ सय ४६ परीक्षार्थी सहभागी भएका थिए । परीक्षा लिएको १ माहिनामै बोर्डले नतिजा प्रकाशन गरेको हो ।

परीक्षाफल बोर्डको वेबसाइटमा गैर हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी पनि थाहाँ पाउन सकिने व्यवस्था मिलाइएको बताइएको छ । नतिजामा चित्त नबुझ्नेले पुस १५ गतेभित्र पुनर्योगका लागि आवेदन दिन सक्नेछन ।

थप सूचनाबाट थाहाँ पाउनुस

वेबसाइटमा www.neb.gov.np,www.neb.ntc.net.np,www.edusanjal.comwww.theconnectplus.com मार्फत् पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।

Loading...