भक्तपुर, ११ पुस । जाजरकोट जिल्ला अस्पताल छ महिनादेखि एम्बुलेन्सविहीन भएको छ। दैनिक बिरामीको घुइँचो बढ्दो छ । अस्पतालमा एम्बुलेन्स नहुँदा जिल्लाबाहिर सिफारिस गर्नुपर्ने बिरामीहरुका लागि समस्या हुँदै आएको छ। रकम अभावका कारणले मर्मत गर्न नेपालगञ्ज पाठाईएको एम्बुलेन्स नबनेको बताइएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशीला बस्नेतले पटक–पटक प्रदेश सरकारलाई एम्बुलेन्सका लागि आग्रह गर्दा […]
Author: Nonstop Khabar
नेपाल चीनबीचको प्रसारणलाइन निर्माण प्रक्रिया अघि बढाउनेबारे अन्तिम निर्णय
काठमाडौं, ११ पुस । नेपाल र चीनबीचको अन्तरदेशीय प्रसारणलाइनको निर्माणको थप प्रक्रिया अघि बढ्ने भएको छ । दुबै देशले आ–आफ्नोतर्फका भूभागमा पर्ने प्रसारणलाइनको निर्माणको लागि विस्तृत सम्भाब्यता अध्ययन अघि बढाउने सहमति गरेका छन् । नेपाल चीनबीचको संयुक्त ऊर्जासम्बद्ध प्राविधिक समिति बैठकमा यस्तो सहमति भएको हो । प्राविधिकस्तरमा संयुक्त रुपमा परियोजनाको विस्तृत अध्ययन गर्ने विषयमा प्राधिरकण […]
तानसेनको चुच्चेबारीमा बस दुर्घटना,थप विवरण आउन बाँकी
पाल्पा ११ पुस । पाल्पाको तानसेन नगरपालिका वडा नं ८ चुच्चेबारीमा यात्रुबाहक बस दुर्घटना भएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडकखण्डको चुच्चेबारीमा बस दुर्घटना भएको हो । पोखरबाट बुटवलको लागि छुटेको बस दिउँसो २ १५बजे दुर्घटनामा परेको स्थानिय मोहन कार्कीले जानकारी दिनुभयो । बस सडकबाट केही तल खोल्सामा खसेको छ । घाईतेलाई स्थानिय […]
आमाको विभत्स हत्यामा संलग्न छोरीसहित चारै अभियुक्त दोषी ठहर
भक्तपुर, ११ पुस । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित आफ्नै छोरीको घरमा बिभत्स हत्याको सिकार भएकी सावित्री भट्टराइको हत्यामा संलग्न भएको अभियोगमा ४ जनालाई जन्मकैदको आदेश दिइएको छ । जिल्ला अदालत भक्तपुरले हत्याको योजनाकार सावित्रीकी छोरी सहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । गत असार १५ गते आफ्नै छोरीको घरमा सावित्रीको दिनदहाडै […]
बिज्ञापनमा दिँदा घुस माग्ने कर्मचारी अख्तियारको फन्दामा
ललितपुर, ११ पुस । नगरपालिकाले विभिन्न पत्रपत्रिकामा बिज्ञापन प्रकाशित गर्दा पनि कर्मचारीले कमिसन माग्ने गरेको सुन्दा तपाई अचम्म मान्न सक्नुहुन्छ । तर अचम्म नमन्नुस ललितपुरको महालक्ष्मी नगरपालिकाका कर्मचारीले बिज्ञापन बापतको कमिसनमा बार्गेनिंग गर्दा अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित नगरपालिकाका दुइ कर्मचारीलाई पक्राउ गरेको छ। लेखा अधिकृत शिवकुमार घिमिरे […]
फोहर लिएर जाँदै गरेको मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु
नुवाकोट, ११ पुस । फोहर बिसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ । फोहर बोकर पासाङल्यामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०:३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ […]
स्वास्थ्य र शिक्षाको क्षेत्रमा ५७ करोड बजेट रकमान्तर
जनकपुरधाम, ११ पुस । प्रदेश नं २ मा स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको रकम भौतिक पूर्वाधार निर्माणमा रकमान्तर गरेपछि अन्योलको अवस्था सिर्जना गरिएको छ । नेपाल स्वास्थ्यकर्मी सङ्घ धनुषाद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा विनियोजन गरिएको रु ५७ करोड रकम रकमान्तर गरी भौतिक पूर्वाधार निर्माणमा खर्च गरेको जानकारी दिइयो । […]
कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रमा पूर्वाधार अभाव हुदा पर्यटकको गन्तव्य बन्न नसकेको
कर्णाली, ११ पुस । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा अवस्थित शे–फोक्सुण्डो सडक सञ्जालसँग जोडिएको छैन। यहाँ पुग्ने पर्यटकका लागि सहज खान बस्ने होटेलसमेत पाउन मुस्किल छ। शे–फोक्सुण्डो नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिए पनि पर्यटकको गन्तव्य बन्न सकेको छैन । पर्यटकविहीन यो तालसम्म सडक नजोडिनु नै पर्यटक नआउनुको प्रमुख कारण हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आसपासकै […]
भोजपुर र सोलुखुम्बु जिल्लाको करार शिक्षकको सूचि प्रकाशन
काठमाडौं, ११ पुस । शिक्षक सेवा आयोगले प्राथमिक तहको करार शिक्षकको भोजपुर र सोलुखुम्बु जिल्लाको सूचि सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तह करार शिक्षकको सूची प्रकाशित गर्ने क्रममा बिहीबार एक सूचना जारी गर्दै २ जिल्लाको प्राथमिक तहको करार शिक्षकको थप सूचि प्रकाशन गरेको हो । भोजपुर जिल्लामा जम्मा सिफारिस सङख्या २७५ र करार सिफारिस […]
सहकारी संस्थालाई एकीकरण गर्ने कार्यलाई तीव्रता दिँदै महानगरपालिका
काठमाडौँ, ११ पुस । काठमाडौँ महानगरपालिले महानगरभित्र सञ्चालित सहकारी संस्थालाई एकापसमा एकीकरण गर्ने कार्यलाई तीव्रता दिएको छ । यस क्रममा बानेश्वर र पुतलीसडक क्षेत्रमा सञ्चालनमा रहेका सात सहकारीलाई एकीकरण गर्ने तयारी गरिएको कामपा प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । यसअघि कामपाभित्रका विभिन्न चार सहकारीलाई एकीकरण गरी दुई बनाइएको थियो । उनले मापदण्ड बाहिर […]











