सडकमा वृद्धालाई ठक्कर दिएर हत्या गर्ने ट्रिपर राजधानीमा लुकाइराखेको अवस्थामा फेला

काठमाडौं, १३ पुस । काडमाडौं मिनभवनमा एक वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा लुकाइएको अवस्थामा फेला परेको छ । मिनभवनको नापी विभाग अगाडि ७० वर्षीया राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल र्पुयाइएको थियो । तर, चिकित्सकले मृत घोषित गरे । […]

विश्वका चर्चित १४ शहरका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने

काठमाण्डौँ १३ पुस । नेपाल भ्रमण वर्ष  २०२० को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएको जानकारी दिनुभयो । मन्त्री भट्टराईले यसको […]

प्रदेश सरकारले आफ्नै प्रमुख जिल्ला अधिकारी सीडीओ नियुक्त गर्ने

भक्तपुर, १३ पुस । प्रदेश सरकारले आफ्ना प्रत्येक जिल्ल्लामा प्रमुख जिल्ला अधिकारी सीडीओ हरू नियुक्त गर्ने बताइएको छ । सातै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्रीहरुले प्रदेश मातहत प्रजिअ हुनुपर्नेमा जोड दिएका हुन् । शनिवार प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा विराटनगरमा आयोजित सुरक्षासम्बन्धी अन्तर प्रदेश अनुभव आदानप्रदान कार्यक्रममा सहभागी बाहेकका सात वटै […]

सामाजिक सञ्जालबाट चिनजान, पहिलो भेटमै हत्या

एजेन्सी काठमाडौं, १३ पुस । सामाजिक सञ्जालका कारण पनि समाजमा धेरै अपराधका घटनाहरु बढेको प्रहरि प्रशासनले निष्कर्ष निकालिरहेको छ । सामाजिक सञ्जालमा भेट भएका व्यक्तिलाई झट्ट विश्वास गर्दा ज्यानै जानेसम्मका घटनाहरु घट्नेहरुको यथार्थ जताततै सुन्न र देख्न पाइन्छ । यस्तै घटना छिमेकी देश भारतमा घटेको छ । दिल्लीकी एक युवतीको हत्या गरेर उनको शवलाई हरियाणामा […]

अर्काको जीवनसँग गम्भीर खेलवाड गर्नेलाई जेल सजाय गर्दा राम्रो होला

काठमाण्डौ, १३ पुस । बढ्दो दुर्घटना न्यूनिकरणका लागि राज्यले नीतिगत सुधारका लागि पहल गरिरहेको छ । चालकको लापरवाही नै दुर्घटनाको मुख्य कारकका रुपमा देखा पर्दै आएका कारण जरिवाना दर वृद्धि गर्ने दिशामा छलफल भइरहेको छ । कतिपयले सवारी नियम उल्लंघनमा जरिवाना दर बढाउनुपर्ने तर्क पनि गरिरहेका छन् । यद्यपि सवारी नियम उल्लंघनकर्तालाई जरिवाना दर वृद्धिले […]

दीपक बज्राचार्य,कालीप्रसाद बास्कोटा, र मेलिना राईको प्रस्तुतिमा झुमे दर्शक

रुपन्देही, १३ पुस । एनसेलले शनिबार बुटवलमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ सफलतापूर्वक सकिएको छ । मेलामा दर्शकले चर्चित कलाकारहरुको प्रस्तुतिसँगै विविध खेल गतिविधिबाट मनोरञ्जन लिए । नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्‍याउने र आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यका साथ एनसेलले सिद्धेश्वरी स्कुल मैदान, दीपनगरमा मेला आयोजना गरेको थियो । दिउँसो १२ बजे […]

अत्याधिक चिसो र शीतलहरका कारण सिरहाका विद्यालय पाँच दिन बन्द

सिरहा १३ पुस । केही दिनयता अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आइतबारदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुबोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए । वर्षे […]

नेकपा सचिवालय बैठक: सभामुख र एमसीसी दुबैमा हुन सकेन कुनै निर्णय

काठमाडौं, १३ पुस । सभामुख चयन र मिलेनियम कर्पोरेशन च्यालेञ्ज एमसीसी बारे निर्णय गर्न बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय वैठक बिना निर्णय टुङ्गिएको छ । नेकपाले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएको थियो । तर, यी दुबै एजेण्डामा कुनै निर्णय गर्न नसकी बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस […]

पर्यटन क्षेत्रमा लगानी भित्रयाउने उद्देश्यसहित असोजमा ‘पर्यटन लगानी सम्मेलन’

काठमाडौँ, १३ पुस। नेपालको पर्यटन क्षेत्रमा लगानी भित्रयाउने उद्देश्यसहित भ्रमण वर्षको अवसरमा लगानी सम्मेलन आयोजना हुने भएको छ । यसअघि सबै क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी सम्मेलन आयोजना भए पनि पहिलोपटक पर्यटन लक्षित लगानी सम्मेलन आयोजना हुने भएको हो । विश्व बैङ्कसँगको सहकार्यमा त्यस्तो सम्मेलन आयोजनाको योजना बनेको भ्रमण वर्ष २०२० सचिवालयका राष्ट्रिय संयोजक सुरज वैद्यले […]

बालुवाटारमा केहीबेर अघिबाट नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, १३ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे छलफल केन्द्रित भएको बताइएको छ । यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार […]