भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो कामपा

काठमाडौँ, १४ पुस । काठमाडौँ महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौँलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेषरूपमा लिएको कामपाले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन् । हाल […]

नवलपुर र कपिलवस्तुका वडा कार्यालयमा आगजनी

नवलपुर, १४ पुस । नवलपुर र कपिलवस्तुका २ वडा कार्यालयमा गएराति आगजनी गरिएको छ । पूर्वीनवलपरासीको कावासोती नगरपालिकाको १४ वडा कार्यालय र कपिलवस्तुको यशोधरा गाउँपालिकाको ३ नम्बर वडा कार्यालयमा गएराति आगजनी भएको हो ।  दुवै स्थानमा कसले आगजनी गरायो भन्ने खुलेको छैन । आगजनीबाट कावासोती नगरपालिकाको १४ वडा कार्यालयका फर्निचरलगायतका सामग्री जलेको प्रहरीले जनाएको छ […]

नेविसंघद्वारा उपकुलपतिको कार्यकक्षमै तोडफोड

काठमाडौं १३ पुस। नेपाल विद्यार्थी संघ नेविसंघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् । लामो समयदेखिका मागहरु ध्यानाकर्षण गराउन भन्दै नेविसंघका त्रिवि सचिव योगेन्द्र रावलको नेतृत्वमा पुगेको टोलीले कार्यकक्षमै तोडफोड गरेको हो । तोडफोडबाट उपकुलपतिको कार्यकक्षमा रहेका टेबुल र कुर्सीमा क्षति भएको छ । राजनीतिक नियुक्ति, स्ववियु चुनाव, त्रिविभित्रको प्रहरी चौकीलगायतका विषयमा […]

स्नातक सकेर कामविहीन बसेकालाई अब राष्ट्रिय बाणिज्य बैंकले काम दिने

काठमाडौ १३ पुस । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्नातक अध्ययन सकेर कामविहीन बसेकाहरुलाई काम दिने भएको छ । बीबीए र बीबीएस दिएर कामविहीन बसेका युवाहरुलाई लक्षित गरी प्रदेश नं।् १ मा पनि इम्पावर एकेडेमी कार्यक्रम शुरु गरेको हो । प्रदेश नं ३ बाट शुरु गरिएको यो कार्यक्रम अन्तर्गत प्रदेश नं १ […]

प्रदेशको स्थायी राजधानी र नामाकरण पुस भित्रै टुङ्गो लगाउँछौ!

हेटौँडा, १३ पुस । प्रदेशको स्थायी राजधानी तोक्न र नामाकरणमा सकस खेप्दै आएको प्रदेश ३ को स्थायी राजधानी र नामाकरण अब औपचारिक रुपमा नै टुङ्गो लाग्ने भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा को आइतबार विहान बसेको सचिवालय वैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा तोक्ने र बागमती नामाकारण गर्ने निर्णयसँगै स्थायी राजधानी र नामाकरण […]

सिंहदरबारमै अटेरीको हद, सचिवले नै टेरेनन् प्रधानमन्त्रीलाई

काठमाडौं, १३ पुस । संघीय राजधानी मात्र नभएर देशकै प्रशासनिक केन्द्र सिंहदरबारको कर्मचारी संयन्त्र नै सबैभन्दा धेरै अटेरी देखिएको छ। प्रधानमन्त्रीकै प्रत्यक्ष निगरानीको सतर्कता केन्द्रको निर्देशनसमेत कर्मचारीले लत्याएको पाइएको छ। १५ दिनभित्र कारवाहीको जानकारी पठाउनुपर्ने व्यवस्था भए पनि छड्के अनुगमनको दुई महिनाभन्दा बढी भइसक्दा पनि अधिकांश मन्त्रालयले कारवाहीको जानकारी नपठाएको सतर्कता केन्द्रले जनाएको छ । […]

अमेरिकामा ७ महिने शिशु मेयर

वासिङ्टन, १३ पुस । चार्ली म्याकमिलान नाम गरेका अमेरिकी शिशु ७ महिना मात्रै पुगे । उनी एक आम शिशु नै हुन् । अमेरिकाको गर्भपतनविरोधी अभियानसँगै उनी अचानक शासक बनेका छन् । टेक्सस समुदायमा उनलाई हालै मेयरको उपाधि दिइएको छ । मेक अमेरिका काइन्ड अगेन नारा सहित उनलाई यही अक्टोबरमा मानार्थ मेयर बनाइएको हो । अमेरिकी […]

सिद्धबाबामा सुरुङ मार्ग: डेढ महिनाभित्र ठेक्का आह्वान गरिदै

ललितपुर, १३ पुस । सिद्धार्थ राजमार्गअर्न्तगतको सिद्धबाबामा निर्माण हुने सुरुङ मार्गको लागि डेढ महिनाभित्र ठेक्का आह्वान हुने भएको छ । आयोजनालाई उच्च प्राथमिकतामा राखेर अहिले ठेक्का आह्वानको कागजात बनाउने काम भइरहेको सडक विभागले जनाएको छ । ‘यो आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाउने छौँ । अहिले ठेक्काको लागि कागजात तयार हुँदैछ । बढीमा डेढ […]

चिसो अत्यधिक बढेपछि पाँच दिनका लागि विद्यालय बन्द

लहान, १३ पुस । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि आजदेखि पाँच दिनका लागि सिरहा नगरपालिकाका सबै विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए […]

एमसीसी र सभामुखकाबारेमा सचिवालयमा फेरि कुरा बाझियो, अध्यक्षद्वयलाई समान कुर्सी र समान हैसियतको चर्चा बढी

काठमाडौं, १३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निर्णय टुङ्गिएको छ । सभामुख चयन र अमेरिकी परियोजना मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । यी दुई एजेन्डामा कुनै निर्णय हुन नसके पनि अन्य विषयमा केही सहमति गरिएको स्रोतले जनाएको छ । […]