काठमाडौं, १४ पुस । प्रहरीले नेपाल बैंक लिमिटेड, डिल्लीबजारका पूर्वशाखा प्रबन्धक भुपराज कोइरालालाई पक्राउ गरेको छ । प्रबन्धक रहँदा बैंकलाई नभएको दायित्व सिर्जना गराएर अनुचित लाभ लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी का प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार नेपाल बैंक लिमिटेडका मानव स्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दीपेन्द्रराज काफ्लेको जोहरी […]
Author: Nonstop Khabar
महेन्द्रनगरको डान्सबारबाट युवतीसहित मेयर पक्राउ
कञ्चनपुर, १४ पुस । निर्वाचन जितेपछि जनप्रतिनिधिहरु जनताको काममा भन्दा रमाइलो र सुविधाभोगी भए भन्ने आरोप लागिरहेका बेला कांग्रेसबाट निर्वाचित एक मेयर मध्यराति युवतीसहित डान्सबारबाट पक्राउ परेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एक मेयर डान्सबारबाट पक्राउ परेका हुन् । कांग्रेसबाट निर्वाचित मेयर अमरसिंह धामी युवतीसहित डान्स बारबाट पक्राउ परेको स्थानीय प्रहरीले जनाएको छ । दार्चुलाको […]
टेलिकमले दियो प्रिपेड ग्राहकलाई यस्ता सुविधा
काठमाडौं, १४ पुस । नयाँ वर्ष सन् २०२० मा नेपाल टेलिकमले आफ्ना उपभोक्तामाझ नयाँ योजना अगाडि सारेको छ । नेपाल टेलिकमले बिक्री–वितरण गर्दै आएको नयाँ जीएसएम–सीडीएमए प्रिपेड सिमकार्डमा ५० रुपैयाँको ब्यालेन्स उपलब्ध हुने गरेकोमा अब त्यही मूल्यमा ब्यालेन्स तथा थप सुविधा उपलब्ध हुने भएको छ । आगामी २०७६ पुस १६ अर्थात २०२० जनवरी १ अंग्रेजी […]
सुराकीका आधारमा कटुवा, पेस्तोल र गोली सहित विप्लव समूहका तीन कार्यकर्ता पक्राउ
मोरङ, १४ पुस । जिल्ला प्रहरी कार्यालय मोरङले नेकपा विप्लव समूहका तीन कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाईं भन्ने नरेश चौलागाईं, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन् । चौलागाईं समूहका मोरङ प्रमुख रहेको बताइएको छ । […]
आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु
बारा, १४ पुस । प्रसौनी गाउपालिकामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ। वडा नम्बर ७ बलुवाटोलकी ७० वर्षीया सानोदेवी साहको मृत्यु भएको हो। घरमा आगो ताप्ने क्रममा जलेर घाइते साहको उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय सिमराका डिएसपी गोविन्द पुरीले जानकारी दिए । घाइते साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि […]
लिभरपुलको अपराजित यात्रा कायमै
एजेन्सी । ईङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित हात पारेको छ ।आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा खेलको ४२ औं मिनेटमा साडियो मानेले निर्णायक गोल गरे । जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायम राखेको छ । यस्तै लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता १३ अंकको बनाएको छ ।लिभरपुलले […]
अब काठमाडौं–अष्ट्रेलिया सिधा उडान
काठमाडौं, १४ पुस । नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो ।अष्ट्रेलिया मा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरु र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा […]
आइतबार पक्राउ परेका सीपी गजुरेलसहित १५ जना नेता–कार्यकर्ता रिहा
काठमाडौं, १४ पुस । सिंहदरबार अगाडिबाट आइतबार पक्राउ परेका नेकपा क्रान्तिकारी माओवादी का उपाध्यक्ष सीपी गजुरेलसहित १५ जना नेता–कार्यकर्ता आज सोमबार छुटेका छन् ।उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सीमा विवाद समाधानका लागि ज्ञापनपत्र बुझाउन जाँदै गर्दा गजुरेलसहित उनको टोलीलाई आइतबार पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । पक्राउ परेका केही सोही दिन छुटे । […]
प्रदेश नम्बर ३ को नाम बागमती, केन्द्र हेटौडा
काठमाडौ, १४ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम र केन्द्र टुंगो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले प्रदेश नम्बर ३ को नाम बागमती र केन्द्र हेटौडा नै राख्ने निर्णय गरेको हो । वरिष्ठ नेता झलनाथ खनालले छोटो समयका लागि बसेको बैठकले प्रदेशको नाम र केन्द्रको विषयमा […]
सामाजिक सञ्जालमा कसैको चरित्र हत्या गरेमा ५ बर्षसम्म कैद १५ लाखसम्म जरिवाना
काठमाडौ,१४ पुस । सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने गरी संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसको विरोधका बाबजुद समितिको आइतबारको बैठकले बहुमतका आधारमा विधेयकको प्रतिवेदन पास गरेको हो । अब विधेयक प्रतिनिधिसभामा पेश हुनेछ र, दुबै सदनले पास गरे कानून बनेर आउनेछ र कुनै व्यक्तिलाई जिस्क्याउने, […]











