महेन्द्रनगरको डान्सबारबाट युवतीसहित मेयर पक्राउ

कञ्चनपुर, १४ पुस । निर्वाचन जितेपछि जनप्रतिनिधिहरु जनताको काममा भन्दा रमाइलो र सुविधाभोगी भए भन्ने आरोप लागिरहेका बेला कांग्रेसबाट निर्वाचित एक मेयर मध्यराति युवतीसहित डान्सबारबाट पक्राउ परेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा एक मेयर डान्सबारबाट पक्राउ परेका हुन् । कांग्रेसबाट निर्वाचित मेयर अमरसिंह धामी युवतीसहित डान्स बारबाट पक्राउ परेको स्थानीय प्रहरीले जनाएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर धामीलाई महेन्द्रनगर बजारस्थित ब्लू डान्सबारबाट पक्राउ गरिएको हो ।

मध्यरातमा डान्सबारमा युवतीसहित मदिरा पिएर होहल्ला गरेको आरोपमा धामीलाई पक्राउ गरेर सम्झाई बुझाई छोडिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले डान्सबारमा विवाद भएको खबरपछि प्रहरी टोली त्यहाँ पुगेको बताए ।

प्रहरी नायब उपरीक्षक चन्दले मदिरा पिएर होहल्ला एवं शान्ति सुरक्षामा खलल पु¥याउने गतिबिधिमा संलग्न भएका मेयर धामीसहितको समूहलाई सम्झाईबुझाई छोडिएको बताए । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थायी घर भएका धामी नेपाली कांग्रेसबाट दार्चुलाको शैल्य शिखर नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

Loading...