जम्मु-कश्मिरको वायु नेपालतिर, वर्षा र हिमपात हुने सम्भावना

भक्तपुर, १५ पुस । रतको जम्मु कश्मिरमा विकसित पश्‍चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्दैछ। यो प्रणाली मंगलबार रातिदेखि नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार मौसम सामान्य रहेपनि बुधबारदेखि सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। शुक्रबार र शनिबार पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद‍् […]

नेपाल भ्रमण वर्ष–२०२० को लोगो टिपर र ट्रकमा

काठमाडौं, १५ पुस । नेपाल भ्रमण वर्ष–२०२० को शुरुआतसँगै टिपर तथा ट्रकमा नेपाल भ्रमण वर्षको लोगो टाँसिएको छ । नेपाल टिपर तथा ट्रक व्यवसाय समितिले सोमबार एक कार्यक्रममा २०० टिपर तथा ट्रकमा भ्रमण वर्षको लोगो टाँसेको हो । कार्यक्रममा महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन […]

हात्तीको आक्रमणबाट दर्जन घर भत्कनुका साथै लाखौंको क्षति

राजविराज, १५ पुस । सप्तरीको विभिन्न स्थानमा जंगली हात्तीको समूहले १ दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्‍याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार र पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पुर्‍याएको सप्तरी प्रहरीले जनाएको छ । हात्तीको समूहले सप्तकोशी नगरपालिका–९ बस्ने […]

तनहुँमा चितुवाको आक्रमणबाट अर्का बालकको मृत्यु, घरभित्रैबाट चितुवाले लगेको बालकको आधा शरीर मात्र भेटियो

दमौली, १५ पुस । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको पिंढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासी हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी […]

दुर्घटना न्युनीकरण गर्न ट्राफिक सप्ताह, अधिकांश दुर्घटना चालककै कमजोरी

जिल्लाका विभिन्न स्थानमा भईरहेको दिनहुँको सडक दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । आइतबारदेखि तानसेनको बसपार्कबाट सुरु गरेको ट्राफिक सचेतना कार्यक्रम जिल्लाका विभिन्न स्थानमा चलिरहेको छ । सडकमा हुने दुर्घटना कम गर्न, दुर्घटनाबाट हुने समस्या र दुर्घटना हुनै नदिनतर्फ ट्राफिक प्रहरीको ध्यान गएको छ । सोमबार तानसेनको हार्थोकमा भएको कार्यक्रममा सडकमा हिड्ने […]

तोकिएकै मितिमा मेलम्ची आयोजना सम्पन्न हुनेमा प्रमुख द्धारा आशंका

काठमाण्डौ, १५ पुस । मेलम्ची खानेपानी आयोजना तोकिएकै मितिमा सम्पन्न हुनेमा आयोजना प्रमुखले नै आशंका व्यक्तव्यक्त गरेका छन । प्रतिनिधि सभा अर्न्तगतको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकमा आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले नै आयोजना तोकिएको मितिमा सम्पन्न हुनेमा शंका व्यक्त गरेका हुन । बाँकी काम सम्पन्न गर्ने जिम्मा पाएको चिनियाँ कम्पनीले अहिलेसम्म सन्तोषजनक […]

सभामुख चयनबारे छलफल गर्न नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारमा

काठमाडौं, १५ पुस । सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सभामुख चयनका लागि प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । आइतबार नेकपाको सचिवालय बैठक बसे पनि सभामुखको एजेण्डामा छलफल नगरी प्रचण्ड चितवन […]

सैनिक विद्यालय आएका प्रधान सेनापति थापाद्वारा भक्तपुरको रानीपोखरी अवलोकन

भक्तपुरको वडा नं १ स्थित सैनिक आवासीय महाविद्यालयले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सोमबार महाविद्यालयले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यता र भक्तपुर नगर प्रमुख सुनिल प्रजापति लगायतको आतिथ्यतामा कार्यक्रम भव्यरुपले सम्पन्न भएको महाविद्यालयको भनाइ छ । उक्त अवसरमा एसईईमा […]

वीरगञ्ज महानगरका कर्मचारी १५ हजार घुससहित पक्राउ

वीरगञ्ज, १४ पुस् । वीरगञ्ज महानगरपालिकाको कार्यालयका एकजना कर्मचारी घुससहित पक्राउ परेका छन् । कार्यालयको लेखा फाँटमा कम्प्युटर अपरेटरको रुपमा कार्यरत राकेशकुमार जयसवाललाई अख्तियारले १५ हजार घुससहित नियन्त्रणमा लिएको हो । राकेशलाई अख्तियारको टोलीले कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख शिव काफ्लेले भने वीरगञ्जमा अपरेशन चलाएको तर थप विवरण […]

हराएका बालकको जंगलमा विभत्स अवस्थामा शव फेला

आइतबार साँझ देखि हराएका शुक्लागण्डकी ३,रातमाटाका २ बर्षिय बालक रविन नेपाली विभत्स अवस्थामा मृत फेला परेका छन्। घर देखि करिब २ कि मि माथि ढाङढुङ्ग ठुलोपाखा श्यामपोखरी सामुदायिक वनमा फेला पारिएको हो । शवको प्रकृति हेर्दा बाघले खाएको हुन सक्ने आंकलन गरिएको उदेनढुङ्गा टोल विकास समितिका अध्यक्ष गोकर्ण पुवरले बताए । बालकको टाउको छुट्टिएको, पेट […]