जम्मु-कश्मिरको वायु नेपालतिर, वर्षा र हिमपात हुने सम्भावना

भक्तपुर, १५ पुस । रतको जम्मु कश्मिरमा विकसित पश्‍चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्दैछ। यो प्रणाली मंगलबार रातिदेखि नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार मौसम सामान्य रहेपनि बुधबारदेखि सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भू-भागमा हल्का वर्षाको संभावना रहेको छ।

शुक्रबार र शनिबार पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद‍् वरुण पौडेलले जानकारी दिए। उनले भने,’ न्यूनचापीय प्रणाली नेपालको पश्चिम भू-भागबाट प्रवेश गर्दै पूर्वसम्म पुग्नेछ। जसले गर्दा सुदूरपश्चिमको उच्च पहाडि तथा हिमाली क्षेत्र र पूर्वी पहाडि भू(भागमा वर्षा र हिमपातको संभावना छ।’ यो प्रणाली आइतबारसम्म सक्रिय रहने मौसन पूर्वानुमान महाशाखाको अनुमान छ।हिमपात र वर्षपछि देशका अधिकांश स्थानमा चिसो समेत बढ्नेछ।

तीन दिनमा कहाँ के हुँदैछ ?

पौष १५ गते

देशको पश्चिमी तथा मध्य भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक हल्का हिमपातको सम्भावना रहेको छ ।

पौष १६ गते

देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमी र पूर्वी पहाडी भू-भागमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडि र हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपात र पानी हुने संभावना छ। देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। उच्च पहाडि र हिमालि भू-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

पौष १७ गते

देशभर सामान्य बदली रहि देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। उच्च पहाडि र हिमालि भू-भागमा मध्यमदेखि भारी हिमपातको संभावना रहेको छ।उच्च पहाडि र हिमाली भू-भागमा मध्यमदेखि भारी हिमपातको संभावना रहेको छ।

Loading...