सैनिक विद्यालय आएका प्रधान सेनापति थापाद्वारा भक्तपुरको रानीपोखरी अवलोकन

भक्तपुरको वडा नं १ स्थित सैनिक आवासीय महाविद्यालयले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । सोमबार महाविद्यालयले ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको हो ।सोमबार प्रधान सेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यता र भक्तपुर नगर प्रमुख सुनिल प्रजापति लगायतको आतिथ्यतामा कार्यक्रम भव्यरुपले सम्पन्न भएको महाविद्यालयको भनाइ छ ।

उक्त अवसरमा एसईईमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीलाई गोल्ड मेडल र प्रमाणपत्र, विभिन्न संकायका उत्कृष्ट विद्यार्थी र २५ वर्ष अनवरत विद्यालयमा सेवारत शिक्षक–कर्मचारीलाई ताम्रपत्र र ओसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो ।

उक्त अवसरमा सैनिक आवासीय महाविद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित अतिरिक्त क्रियाकलापका विजयीहरुलाई समेत मेडल र प्रमाणपत्र वितरण गरिएको थियो भने कार्यक्रममा विद्यार्थीहरुद्वारा सांस्कृतिक नाच, जिम्नास्टिक, टेक्वान्दो लगायतका विविध प्रतिभा प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यालयद्वारा प्रकाशित ‘सल्लाघारी २०७६’ स्मारिका समेत लोकार्पण गरिएको थियो ।

विद्यालयको वार्षिकोत्सवमा प्रमुख अतिथि बहर आएका प्रधान सेनापति पूर्णचन्द्र थापाले सोमबार वडा नं। १ स्थित भक्तपुरको रानीपोखरीको पनि स्थलगत अवलोकन गरेका छन् । लोपोन्मुख अवस्थामा रहेको भक्तपुरको ऐतिहासिक एवम् पुरातात्विक महत्व बोकेको रानी पोखरी जीर्णोद्धार कार्यमा भक्तपुर नगरपालिकाको भूमिका र सक्रियता बाट आफू प्रभावित भएको उनको भनाइ छ । विद्यालय परिसर भित्र रही लोपोन्मुख अवस्थामा रहेको यस पोखरी नगर प्रमुख सुनिल प्रजापतिको पहलमा नगरपालिकाले जीर्णोद्धार गरिरहेको छ जसमा नेपाली सेनाले सहयोग गरेका कारण मात्र यो सम्भव भएको थियो ।

Loading...