हराएका बालकको जंगलमा विभत्स अवस्थामा शव फेला

आइतबार साँझ देखि हराएका शुक्लागण्डकी ३,रातमाटाका २ बर्षिय बालक रविन नेपाली विभत्स अवस्थामा मृत फेला परेका छन्। घर देखि करिब २ कि मि माथि ढाङढुङ्ग ठुलोपाखा श्यामपोखरी सामुदायिक वनमा फेला पारिएको हो । शवको प्रकृति हेर्दा बाघले खाएको हुन सक्ने आंकलन गरिएको उदेनढुङ्गा टोल विकास समितिका अध्यक्ष गोकर्ण पुवरले बताए ।

बालकको टाउको छुट्टिएको, पेट तथा ढाडको मासु खाएको र घुडाँ देखि तलको भाग मात्र बाँकी रहेको अवस्थामा बालकको शव फेला पारिएको पुवरले बताए । स्थानियवासी र इलाका प्रहरी कार्यालय बेलचौतराका टोलीले सोमबार विहानै देखि खोजी गरेका थिए। अहिले प्रहरीले शवको मुचुल्का तयार गरी गरिरहेको बताइएको छ ।

आइतबार साँझ करिब ६ बजेको समयमा पिडिमा बसेर खाना खाइरहेका बालक घरबाटै हराएका थिए । बालकका आमा लक्ष्मी नेपालीभित्र खाना बनाएर बाहिर निस्किदाँ खाना खाइरहेका छोरा हराएका थिए। यस अघि तनहुँकै भानुमा ६ जना बालबालिकाको बाघको आक्रमणबाट ज्यान गएको थियो भने चारजना घाइते भएका छन् ।

Loading...