दुर्घटना न्युनीकरण गर्न ट्राफिक सप्ताह, अधिकांश दुर्घटना चालककै कमजोरी

जिल्लाका विभिन्न स्थानमा भईरहेको दिनहुँको सडक दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । आइतबारदेखि तानसेनको बसपार्कबाट सुरु गरेको ट्राफिक सचेतना कार्यक्रम जिल्लाका विभिन्न स्थानमा चलिरहेको छ ।

Image may contain: 6 people, people standing and outdoor

सडकमा हुने दुर्घटना कम गर्न, दुर्घटनाबाट हुने समस्या र दुर्घटना हुनै नदिनतर्फ ट्राफिक प्रहरीको ध्यान गएको छ । सोमबार तानसेनको हार्थोकमा भएको कार्यक्रममा सडकमा हिड्ने बटुवा, यात्रु, चालक, सहचालक र विभिन्न सरोकारवाला निकायका प्रतिनिधिलाई प्रहरीले ट्राफिकको बारेमा जानकारी दिएको थियो ।

 

पछिल्लो समय पाल्पा जिल्लामा ट्रिपर अत्याधिक दुर्घटना हुने गरेको छ । ट्रिपरको संख्या बृद्धि हुनु, लाइसेन्स बिनै ट्रिपर चलाउनु, मादक पदार्थ सेवन गर्नु, तोकिएको मापदण्ड भन्दा बढी चुनढुंगा बोक्नु, अत्याधिक गतिमा कुदाउनु ट्रिपर दुर्घटनाका कारण रहेका छन् ।

Image may contain: 2 people

यसपछि मोटरसाइकल र फिकअप जीप समेत दुर्घटना हुने सवारीसाधनको रुपमा दर्ज भएको छ । लाइसेन्स बिनै मोटरसाइकल चलाउनु, मादक पदार्थ सेवन गरेर चलाउनु, अत्याधिक कुदाउनु मोटरसाइकल दुर्घटनाका कारण रहेको प्रहरीको भनाई छ । यसबाहेक जिल्लामा बस, कार, भ्यान, स्कुल बस समेत दुर्घटनामा पर्ने गरेका छन् ।

Image may contain: one or more people and outdoor

अधिकांश दुर्घटनाको कारण चालकको गल्ती देखिएको छ भने केही प्राविधिक कारणले पनि दुर्घटना बढेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए । अधिकांश दुर्घटना हुनुमा चालकको कमजोरी देखिन्छ । चालक सचेत भए दुर्घटना धेरै कम हुने उनको भनाई छ ।

No photo description available.

चालक बाहेक यात्रु, सहचालक र सरोकारवाला निकाय पनि सचेत हुनुपर्ने ट्राफिक प्रहरीको भनाई छ । सबै सरोकार निकाय सचेत भए दुर्घटनामा कमी आउने पाल्पाका ट्राफिक प्रहरी प्रमुख पृथ्वी काफ्लेले बताए । ट्राफिक सम्बन्धी ज्ञान र चेतना अभावकै कारण दुर्घटना बढेको देखिन्छ उनले भने यसबाहेक हेलचेक्र्याई र लापरबाही पनि दुर्घटनाको कारण हो ।