सिद्धबाबामा सुरुङ मार्ग: डेढ महिनाभित्र ठेक्का आह्वान गरिदै

ललितपुर, १३ पुस । सिद्धार्थ राजमार्गअर्न्तगतको सिद्धबाबामा निर्माण हुने सुरुङ मार्गको लागि डेढ महिनाभित्र ठेक्का आह्वान हुने भएको छ । आयोजनालाई उच्च प्राथमिकतामा राखेर अहिले ठेक्का आह्वानको कागजात बनाउने काम भइरहेको सडक विभागले जनाएको छ ।

‘यो आयोजनालाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाउने छौँ । अहिले ठेक्काको लागि कागजात तयार हुँदैछ । बढीमा डेढ महिनाभित्र ठेक्का आह्वान गर्ने तयारीमा छौँ’ सडक विभागका उपमहानिर्देशक शिवहरी सापकोटाले जानकारी दिए ।उनले यो आयोजनालाई कुनै पनि बहानामा ढिला हुन नदिने र ३ वर्षभित्र जसरी पनि पूरा गर्ने प्रतिबद्धता जनाएका छन । ‘मृत्युमार्ग भनेर चिनिएको यो क्षेत्रमा सुरुङ मार्ग बनाउन कुनै हालतमा ढिलाइ गर्दैनौँ । हाम्रो उच्च प्राथमिकतामा यो आयोजनामा रहनेछ’, उपमहानिर्देशक सापकोटाले भने ।

सिद्धबाबामा सुरुङ मार्ग बनाउन अर्थ मन्त्रालयले गएको मंसिर २ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेखेर स्रोतको सुनिश्चितता दिइसकेको छ । डिजाइन एण्ड बिल्ड मोडालिटीु बाट खर्च गर्नेगरी १० अर्ब १५ करोड रुपैयाँको स्रोत उपलब्ध गराउने अर्थ मन्त्रालयले जनाएको छ । मध्यकालीन खर्च संरचनाभित्र रहेकाले १ दशमलव २४ किलोमिटर लामो सुरुङ मार्ग बनाउने स्रोत दिइएको हो । बर्खामा हिलो, पहिरो र हिउँदमा धुले पहिरो जाने कारण यो सडकमा बर्सेनि हुने दुर्घटनामा परि धेरैले ज्यान गुमाउने गरेका छन् ।

Loading...