काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद सामधान गर्न आफै सम्वाद थालेका छन् । आइतवार पार्टीभित्रका असन्तुष्ट समुहुका नेताहरुसँग सम्वाद गरेका छन् । देउवाले आफ्नै निवास महाराजगञ्जमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग सम्वाद गरेको कांग्रेस नेता रमेश लेखकले बताए । कांग्रेस नेता लेखकको मध्यस्ततामा तीन नेताबीच सम्वाद शुरु भएको […]
Author: Nonstop Khabar
सचिवालयको निर्णय, नेताको बोलीले राजनीतिक हिंसा भयो-तुम्बाहाङ्फे
काठमाडौं, २८ पुस। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफुमाथी राजनीतिक हिंसा भएको टिप्पनी गरेकी छिन् । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपा का प्रभावशाली नेताहरुले आफुमाथी राजनीतिक हिंसा गरेको बताउन थालेकी छिन् । मैले राजीनामा नदिएका कारण संसद र दल बन्धक बन्यो भन्ने आरोप लगाइयो, तुम्बाहाङ्फेले भनिन् बन्धक भन्ने शब्दको कानुनी अर्थ के हो रु यो शब्द […]
अमेरिकी सैन्य अखाडामा तेस्रो पटक हमला
काठमाडौं, २८ पुस । इराकस्थित अमेरिकी सैन्य अड्डामा ६ दिनको अवधिमा तेस्रो पटक हमला भएको छ । पछिल्लो पटक आइतबार अल बलादस्थित एयरबेसमा चार वटा रकेटबाट आक्रमण भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यो आक्रमणबाट चार जना घाइते भएको बताइएको छ । अल बलाद एयरबेसमा अमेरिकी सेना बसेका थिए । तर इरान र अमेरिकाबीच […]
फलामको गुणस्तरको सफल परीक्षण: मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडा
भक्तपुर, २७ पुस । मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी समेत तयार भइसकेको बताइन्। उनले नवलपरासीमा भेटिएको फलामखानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेपछि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएकी हुन् । आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम […]
वर्षकै अवधिमा नेप्सेमा भारी वृद्धि, कारोबार रकम सवा अर्बमाथि
काठमाडौं, २७ पुस । धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक नेप्से परिसूचक ‘बुलिस ट्रेण्ड’ पछ्याउँदै करिब ४३ अङ्कले वृद्धि भएको छ । प्रतिशतका आधारमा आजको वृद्धि ३.५१ हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४२.६१ विन्दुले बढेर […]
सभामुखको चयन फलामको चिउरा, माघ ६ सम्म फेरी संसद बैठक स्थगित
काठमाडौँ, २७ पुस। सत्तारुढ दल नेकपाभित्र सभामुखको चयन फलामको चिउरा बनेको छ । सभामुखका बिषयमा नेताहरुबीच कुरा नमिलेपछि संसद बैठक फेरी स्थगित भएको छ । आइतवार संसद बैठक बोलाइएको थियो । तर नेकपाले सभामुख चयन गर्न नसकेपछि प्रतिनिधिसभाको बैठक ६ माघसम्मका लागि स्थागित भएको छ । उपसभामुख शिवमाया तुम्बाहाङफेलाई नेकपा सचिवालय बैठकले शनिवार राजीनामा गर्न […]
फिल्मको छायांकनका क्रममा साहिद कपुर घाइते, अनुहारमा १२ टाँका लगाइयो
काठमाडौँ २७ पुस। बलिउडमा नायक साहिद कपुर फिल्मको छायांकनका क्रममा घाइते भएका छन् । मोहालीमा क्रिकेट खेलिरहेको दृश्यको छायांकनका क्रममा साहिदको अनुहारमा गम्भिर चोट लागेको छ । उनको अनुहारमा १२ टाँका लगाइएको भारतीय मिडियाले बताएका छन् । साहिद फिल्मको छायांकन छाडेर केही दिन आराम गर्न मुम्बई फर्किएका छन् । भारतीय मिडियाका अनुसार, साहिदको क्रिकेट खेल्ने […]
पृथ्वीजयन्तीमा नेपाली सेनाको पैदल यात्रा
काठमाडौं, २७ पुस नेपाल एकिकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आइतबार देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ । वि सं १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मनुभएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गर्नुभएको थियो। भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र […]
सुन्तला उत्पादनबाट जिल्लामा १० करोडभन्दा बढी नगद भित्रिने अनुमान
काठमाडौं, २७ पुस। रैनादेवी छहरा–४ अम्लावासका युवा कमल घिमिरेलाई सुन्तला बजार पठाउन हतारो छ । उनको परिवार सुन्तला बगानमा खटिएको छ । टिप्न, बोक्न, ग्रेडिङ गर्न, क्यारेटमा मिलाउन र बजार पठाउने काममा उनीहरू लागिपरेका छन् । उनको बगानका पाँच सयभन्दा बढी बोटमा फल लागेका थिए । सिजन ढिला भइसक्यो । अझै पनि बोटमै सुन्तला रहिरहे अर्को वर्ष फल कम […]
सुन तस्करी बढ्दो क्रममा
काठमाडौँ, २७ पुस । नेपाली बजारमा सुनको मूल्य उकालो लागेसँगै तस्करी भएर भित्रने क्रम पनि बढेको छ । विगत तीन महिनामा सुनको मूल्य उकालो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करी भएर आएको सुन पक्राउ पर्ने क्रम पनि बढेको छ । गत असोजदेखिको तथ्याङ्क हेर्दा त्रिभुवन विमानस्थलमा असोजमा दुई हजार ३७ ग्राम तस्करीको सुन पक्राउ परेको थियो […]











