काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग अन्तगर्त सोमबारको खेलमा न्युरोड टिम (एनआरटी)ले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। दशरथ रंगशालामा भएको खेलमा एनआरटीले पुलिसमाथि १–० को जित निकालेको हो । खेलको ७६ औँ मिनेटमा एनआरटीका दर्शन गुरुङले गरेको गोल नै निर्णायक बन्यो। यो जितसँगै एनआरटी ६ खेलबाट ८ अंक जोड्दै अंक तालिकाको छैठौँ स्थानमा […]
Author: Nonstop Khabar
भीम रावललाई बालुवाटारबाट ज्यान मार्ने धम्की
काठमाडौं,२८ पुस । नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्री भीम रावलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आफुलाई ज्यान मार्ने धम्कि आएको बताएका छन् । पछिल्लो समय सत्तारुढ दल नेकपाभित्र प्रतिपक्षको भूमिका खेलिरहेका रावल गलत कामको खुलेरै विरोध गर्ने गरेका छन् । एमसिसिदेखि मिडिया बिधेयकसम्म उनले विरोध गर्दै आएका छन् । एमसिसिदेखि भारतीयले मिचेको नेपाली सीमाका बारेमा […]
विवाह गर्ने तयारिमा नेपाल आइडल सिजन २ बिजेता रवि ओड‘
महेन्द्रनगर २८ पुस । चर्चित गायन रियालिटि शो नेपाल आइडलको दोस्रो संस्करण विजेता रवि ओडको नयाँ गीतहरु बजारमा आउने क्रम जारिरहेको छ । नयाँ गीत र मेला महोत्सवहरुमा व्यस्त रहेका गायक ओडले विवाह गर्ने तयारीमा रहेको एक अन्तर्वार्तामा बताएका छन् । कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालीका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओड्को कोखबाट २०५४ […]
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुराउन माघ १९ गतेदेखि २६ गतेसम्म महायज्ञ लगाइदै
चितवन, २८ पुस । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पु¥याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ । महायज्ञबाट रु ५० करोड सङ्कलन गर्ने […]
तुहियो कोरिया जाने सपना, धरापमा युवाको भविष्य
काठमाडौं, २८ पुस । स्नातक पढ्न २०७२ सालमा खोटाङबाट काठमाडौं पसेका थिए कुवित राई। उनी राजधानी छिर्दा कोरियन भाषाको क्रेज धेरै थियो। जो पनि युवा, युवती कलेज पढ्न भन्दा कोरियन भाषातिर झुमिन्थे । बौद्ध तीनचुलीमा बस्दै आएका राई कलेज छाडेर कोरियन भाषा पढ्न लागे। यसो गर्न उनलाई आफन्तहरुले पनि सुझाव दिए। उनलाई लाग्यो, ‘कोरियन भाषा […]
‘तपाइँहरु नै बैठक गर्दै हिँड्नुभएको छ, कसले के गर्ने निर्णय पनि गरिहाल्नुहुन्छ, आफैं मिलाउनुस न’-ओली
काठमाडौं, २८ पुस। संविधान संशोधन र सभामुख चुनावका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने उद्देश्यले नेकपा अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको छुट्टै भेला उनीहरुकै लागि प्रत्युत्पादक बन्ने देखिएको छ । नयाँ सभामुख चयनका लागि उपसभामुख शिवमायाँ तुम्बाहाङ्फेले पहिले राजीनामा दिनुपर्ने निष्कर्ष उत्तः भेलाले निकालेको थियो। सचिवालय सदस्य बामदेव गौतमको निवास भैंसेपाटीमा गत बुधबार भएको […]
स्थानीय तहका जनप्रतिनिधि सकुम्वासी समस्या लिएर पुगे बालुवाटार
मोरङ, २८ पुस । मोरङका ३ स्थानीय तहका जनप्रतिनिधिहरु सुकुम्बासि समस्या लिएर बालुटार पुगेका छन् । बेलबारी, पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाँउपालिकाका जनप्रतिनिनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका छन् । बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरेका मेयर दिलीपकुमार राई र कानेपोखरी उपाध्यक्ष राजकुमारी इङ्नामको टोलीले प्रधानमन्त्री ओली, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण […]
निकै गुणस्तरयुक्त भएको कारण कफीको माग विदेशमा बढि
दमौली, २८ पुस । तनहुँमा उत्पादित कफी अमेरिका, जापान र कोरीया निर्यात भईरहेको छ । तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अनुसार तनहुँमा उत्पादित कफी ती मुलुकमा निर्यात भईरहेको छ । तनहुँको कफी निकै गुणस्तरयुक्त भएको कारण विदेशमा बढि माग भएको तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अध्यक्ष शिव बोहोराले बताए । विगत एक दशकदेखी […]
विवादले ल क्याम्पसको शैक्षिक सत्र पर धकेलिंदै
भक्तपुर, २८ पुस । स्नातक तह एलएलबी मा विद्यार्थी भर्नामा उत्पन्न विवादले नेपाल ल क्याम्पसको पढाइ एक शैक्षिक सत्र पर धकेलिएको छ। विवाद साम्य हुने संकेत नदेखिएपछि स्नातक तहमा अबदेखि तीन वर्षे एलएलबीको पढाइ सञ्चालन गर्ने–नगर्ने विषयमा क्याम्पस र त्रिभुवन विश्वविद्यालयका पदाधिकारीबीच छलफल सुरु भएको छ। एलएलबी पहिलो वर्षको पढाइ गत वैशाखदेखि हुनुपर्ने हो। विगतमा […]
भक्तपुरमा सम्यक महादान पर्व भव्यरुपमा मनाउने तयारी
भक्तपुरमा सम्यक महादान पर्ब माघ १ गते भब्यरुपमा मनाउदैं छ । नेपाल सम्वत ७९४साल देखि चल्दै आएको सम्यक महादान पर्व भक्तपुरको थथुवही (भक्तपुर मिनिबस पार्क, नःपुखु) स्थित जयकिर्ति महाविहारमा गरिन्छ । भक्तपुर नगर भित्र रहेको पाँच दिपंकार बुद्धहरुलाई प्रत्येक बर्ष जयकिर्ति महाविहार थथुवहीमा ल्याएर सम्यक महादान पर्व मनाउने चलन छ । सम्यक महादान ब्यवस्थापन समिति […]










