स्थानीय तहका जनप्रतिनिधि सकुम्वासी समस्या लिएर पुगे बालुवाटार

मोरङ, २८ पुस । मोरङका ३ स्थानीय तहका जनप्रतिनिधिहरु सुकुम्बासि समस्या लिएर बालुटार पुगेका छन् । बेलबारी, पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाँउपालिकाका जनप्रतिनिनिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरेका मेयर दिलीपकुमार राई र कानेपोखरी उपाध्यक्ष राजकुमारी इङ्नामको टोलीले प्रधानमन्त्री ओली, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्याल, मोरङ क्षेत्र नम्बर ३ का सांसद समेत रहेका स्वास्थ्य तथा जनसख्या मन्त्री भानुभक्त ढकाललाई समेत भेटेर ध्यानाकर्षण गराएका छन् । लामो समयदेखि रहेको अव्यवस्थित बसोवासको समस्या समाधानमा चाडो पहल गर्न ध्यानाकर्षण गराइएको बेलबारीका मेयर सुवेदीले बताए । टोलिले नेकपाका अध्यक्ष पुष्पकमल दहाललाई समेत भेटेर समस्या समाधानका लागि ध्यानाकषर्ण पत्र बुझाएका छन् ।

२०३५ सालदेखि जोगभोग गर्दै आएको एउटा पक्ष पूर्जाविहीन भएको र ०४२ सालपछि सोही ठाउँको पूर्जा निकाल्ने पूर्जावाल पक्षबीचको ‘दोहोरो पहुँच’को समस्याको छानबिन गरी तत्काल समाधान गर्न समेत माग गरिएको मेयर सुवेदीले बताए । समस्याको दीगो समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गरी समस्या समाधान गर्न माग गरेका छन् ।

टोलीसँग कुरा गर्दै प्रधानमन्त्री ओलिले चाँडै समस्या समाधान गर्ने आवश्वासन दिएका छन् । ओलीले अब आउने चुनावमा सुकुम्बासी चुनावी नारा नहुने समेत बताएका छन् । मन्त्री अर्यालले समेत सुकुम्वासि समस्याको काम अगाडि बढाइसकेको बताएकी छन् । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालले समेत नेकपाको चुनावि नारा सकुमवासि नहुने दोहोरयाएका छन् ।

Loading...