दूरसञ्चार प्राधिकरणको अनुरोध, टावर हान्ने काम बन्द गर्नुस!

काठमाडौं, २९ पुस। सोमबार काठमाडौंका दुई स्थानमा रहेका एनसेलका टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका छैमले र तारकेश्वर नगरपालिकामा रहेको टावरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । एनसेलका अनुसार सन् २०१९ मा मात्रै ३० जिल्लाका ५० भन्दा बढी टावरहरुमा आगजनी भएको छ । “सन् २०१९ […]

अर्थमन्त्री खतिवडाद्वारा तीन आयोजनाको एकै दिन निरिक्षण,

काठमाडौं, २९ पुष । अर्थमन्त्री डा. युवराज खतिवडाले एकैदिन तीन ठुला आयोजनाको निरिक्षण गरेका छन । उनले विमानस्थल, रेलवे र द्रुतमार्ग निर्माणको लागि बजेट अभाव हुन नदिने घोषणा समेत गरेका छन । बारामा र धनुषामा निर्माणाधीन भौतिक पूर्वाधारको अवलोकन निरीक्षण गर्दै अर्थमन्त्री खतिवडाले सरकारको तर्फबाट कुनै पनि स्रोतको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । […]

बुढेसकालमा अक्षर सिक्दै आमाहरु

हुम्ला, २९ पुस। बुढेसकालका आमाहरु महिला समुहमा आबद्ध भई साक्षरता कक्षामा गएर अक्षर सिक्न थालेका छन् । उमेरमा नपढिए पनि आफ्नो नाम खेल्न र सामान्य अक्षर पढेर आयआर्जन गर्नकै लागि ढल्कदो उमेरमा आमाहरु अक्षर सिक्न थालेका हुन् । पहिला नपढिएकोमा पश्चताप भएको बेला गाउँमै सञ्चालन भएको एक साक्षरता कक्षामा भर्ना भएर अक्षर लेख्न र पढ्न […]

उपसभामुखको शक्ति: चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था

काठमाडौं, २९ पुस। उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारबाही गर्न नसक्ने अवस्था देखिएको छ । उपसभामुख रहेकै कारण उनी दलको ह्वीप र निर्देशनभन्दा बाहिर छिन् । भविष्यमा पार्टीको राजनीतिमा आइपर्ने अप्ठ्याराबाहेक तत्काललाई उनले नचाहेसम्म उपसभामुख पद जाने सम्भावना छैन । नेकपाले राजीनामा गर्न दिएको निर्देशन उनले नमानेपछि उब्जिएको प्रश्न हो– पार्टीले […]

उपत्यकाका प्रहरी कार्यालयमा अधिकृत र जवानको एउटै मेस

काठमाडौं, २९ पुस । उपत्यकाका सबै प्रहरी कार्यालयमा अधिकृत र प्रहरी जवानको एकै मेस हुने भएको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले सबै एकाइ कार्यालय प्रमुखलाई जवानसँगै बसेर खाना खान निर्देशन दिएको हो । महानगरीय प्रहरी परिसर भक्तपुरले भने त्यो व्यवस्था लागु गरिसकेको छ । यसअघि प्रहरी अधिकृत र तल्लो तहका प्रहरीका लागि छुट्टाछुट्टै […]

काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी

काठमाडौं, २९ पुस । राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ । आगजनीको अहिलेसम्म कसैले जिम्मा लिएको छैन । यद्यपि यसमा नेत्रविक्रम चन्द विप्लव […]

सार्वजनिक बसमा हस्तमैथुन गर्ने युवक पक्राउ

काठमाडौं, २९ पुस । गत वर्ष काठमाडौंको एक सार्वजनिक बसमा हस्तमैथुनसहित अश्लील हर्कत गर्ने युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको अपराध महाशाखाले ती युवकलाई पक्राउ गरेको अपराध महाशाखा स्रोतले जानकारी दिएको छ । पक्राउ परेका युवा परिचय नाम सार्वजनिक गरिएको छैन । सार्की थरका रहेको स्रोतले जानकारी दियो । लामो अनुसन्धानपछि उनलाई पक्राउ गर्न […]

गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु

काठमाडौं, २९ पुस । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो । दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद […]

कर्णालीको समग्र अवस्थालाई ध्यानमा राखि सुहाउँदो शिक्षा नीति ल्याउन जोड

सुर्खेत, २९ पुस । सरोकारवालाले कर्णालीको भूगोल सुहाउँदो शिक्षा नीति ल्याउन जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक द्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘शिक्षाको अधिकार र हाम्रो अवस्था’ विषयक कार्यक्रममा उनीहरुले कर्णालीमैत्री नयाँ शिक्षा नीतिको खाँचो औंल्याएका हुन् । प्रदेशसभा सदस्य पद्मा खड्काले कर्णालीको भूगोल, कला संस्कृति, इतिहास, पर्यापर्यटनलाई समेट्ने खालको शिक्षा नीति निर्माण […]

सेञ्चुरी बैंकले गर्यो बालबालिकाहरुका लागि न्यानो कपडा वितरण

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक नगरपालिका४ स्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुको लागि बैंकले कपडा वितरण गरेको हो । बैंकका बजार प्रबन्धक शेखर राज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई उक्त कपडा हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत […]