तुहियो कोरिया जाने सपना, धरापमा युवाको भविष्य

काठमाडौं, २८ पुस । स्‍नातक पढ्न २०७२ सालमा खोटाङबाट काठमाडौं पसेका थिए कुवित राई। उनी राजधानी छिर्दा कोरियन भाषाको क्रेज धेरै थियो। जो पनि युवा, युवती कलेज पढ्न भन्दा कोरियन भाषातिर झुमिन्थे । बौद्ध तीनचुलीमा बस्दै आएका राई कलेज छाडेर कोरियन भाषा पढ्न लागे। यसो गर्न उनलाई आफन्तहरुले पनि सुझाव दिए। उनलाई लाग्यो, ‘कोरियन भाषा पढेर कोरिया गएपछि भविष्य बन्छ।

पैसा कमाइन्छ।’ त्यसपछि उनले बागबजारस्थित गोल एकेडेमी कोरियन भाषामा १३ हजार तिरेर ६ महिने कोरियन कोष पढ्न थाले । व्याचलर पढन भनेर गाउँबाट काठमाडौं आइयो। उच्च शिक्षा पढ्ने बेला कोरियन भाषामा हुमियो। पास पनि गरियो। तर, स्किल टेष्टमा फेल भएपछि अहिले आएर न यता न उता भइयो। कोरियन भाषा कक्षा राम्रै हुन्थ्यो। चार वर्षसम्म निरन्तर पढे। परीक्षा दिए तर, पास गर्न सकेन। संघर्ष गरे अनुसारको राम्रो फल २०१९ मा पाए उनले। कोरियन भाषामा पास भए पनि स्किल टेष्ट दिनुपर्ने भयो। टेष्ट पनि दिए। सबै साथी आफन्तले भन्‍ने गर्थे,‘यसपाली त कोरिया गएर धेरै पैसा कमाउने भयो।’ पुस ४ गते स्किल टेष्टको रिजल्ट निस्कियो। त्यो रिजल्टले उनको जीवन सोच्दै नसोचेको मोडमा ल्याइदियो। एक नम्बर नपुगेपछि उनी फेल भए।

सबैले यस वर्ष कोरिया जान पाउने भयो भनेर बधाई दिएका थिए। कोरिया जान्छु होला भन्‍ने ठूलो आशा मनमा थियो’, दु खी हुँदै उनले सुनाए, ‘तर,एक नम्बर नपुगेपछि स्किल टेष्टमै फालिदियो।’ उनका अनुसार लिखित र स्किल टेष्ट गरी १७८ नम्बर आएको थियो। एक सय ७९ नम्बर आएको भए पास हुने थियो। तर, एक नम्बर नपुगेपछि अहिले उनको जीवन अन्धकारझैँ बनिरहेको छ।‘व्याचलर पढन भनेर गाउँबाट काठमाडौं आइयो,’ लामो सास फेर्दे उनले भने,‘उच्च शिक्षा पढ्ने बेला कोरियन भाषामा होमिएँ। पास पनि गरियो। तर, स्किल टेष्टमा फेल भएपछि अहिले न यता न उता भइयो।’ फेल भएपछि साथीसँगै ह्‍युमन रिसोर्स डेभलपमेन्ट अफ कोरियन ९एचआरडी० मा निवेदन दिन पनि गए। तर, उनको निवेदन नै लिन मानेन्।

‘हाम्रो माग कोरियन भाषाको परीक्षा नदिई स्किल टेष्ट मात्रै दिनपाउनुपर्छ भन्‍ने थियो। तर, निवेदन नै लिन मानेन’, उनले सुनाए, ‘पछि सुन्दा निवेदन चाहिँ लिएको भन्‍ने जानकारी पाएको छु।’ उनका अनुसार गत सालसम्म स्किल टेष्ट दिनु पर्दैनथ्यो। तर, यस वर्षबाट लागू भयो। स्किल टेष्ट छनोटमा चिनेजानेको आफन्त र सौच्दै नसोचेकालाई मात्रै पास गराएको गुनासो उनले गरेका छन्।कलेजको पढाइ छोडेर चार(चार वर्ष कोरियन भाषा पढेका उनी स्किल टेस्टमा फेल भएपछि तनावमा छन्। कोरियन भाषाको चक्करमा शिक्षा विषयमा कपन कलेजमा थालेको पढाइ पनि टुट्यो। व्याचलरमा भर्ना भएका उनले परीक्षा फर्म नै नभरेपछि परीक्षा दिनै पाएनन्।

त्यसो त उनले न पढाइलाई नै निरन्तरता दिनसके न त कोरिया नै जान पाए। अहिलेसम्म डेढ लाख भन्दा बढी कोरियन भाषामा खर्च भइसकेको उनले सुनाए। ‘एकचोटी फर्म भर्दा २५ सय लाग्छ,’उनले भने,‘कोरियन भाषा पढ्दा धेरै खर्च लाग्यो। काठमाडौंमा खानपिनका लागि भएकव खर्चको त हिसाब नै छैन।’पहिले कोरियन भाषा राम्रो थियो। धेरै गएर भविष्य बनाए। अहिले पनि धेरै युवाहरु कोरियन भाषामै झुन्डिएका छन। कोरियन भाषामै भविष्य बनाउँछु भनेर नसोचे पनि हुने रहेछ। भाषा पढेपनि एक साईडमा राखेर पढ्नुपर्छ। अन्य साथीहरुलाई पढाई छोडेर भाषा नपढ्न सुझाव दिन्छु।

अब के गर्ने भन्‍नेमा उनी अलमलमा छन्। ‘कोरियन भाषाको भर रहेनछ,’ उनले अनुहार निन्याउरो बनाउँदै थाहा खबरसँग भन्छन,‘पीडित त भइयो नै, पढाई पनि छुट्यो। अब पढाइलाई निरन्तरता दिने या कोरियन भाषा नै पढ्ने। सोच्‍नै सकेको छैन।’ कोरिया जान नपाए पनि उनले यसबाट ठूलो पाठ सिकेका छन।‘पहिले कोरियन भाषा राम्रो थियो। धेरै गएर भविष्य बनाए। अहिले पनि धेरै युवाहरु कोरियन भाषामै झुन्डिएका छन्’, उनले भने, ‘कोरियन भाषाबाटै भविष्य खोज्छु भनेर नसोचे पनि हुने रहेछ। भाषा पढे पनि नियमित पढाइ छाड्न नहुने रहेछ। अरु साथीलाई पनि पढाइ छोडेर भाषा नपढ्न सुझाव दिन्छु।’

राई त एक उदाहरण मात्रै हुन्। कोरियन भाषाले धेरैको भविष्य अन्योल बनाइदिएको छ। सोलुखुम्बुका योगेश गिरीको पनि हालत त्यस्तै छ। उनी पनि कोरियन भाषामा पास भए तर टेष्टमा फेल भए। ‘कोरियन भाषा पढेको तीन वर्ष भइसक्यो। जीवनमा केही प्रगति गर्न सकिएन’, उनले सुनाए, ‘यसवर्ष पास भएको थिएँ। तर, स्किल टेष्टमै फाल्यो। खर्च मात्रै भयो।’ अबको बाटो अझै अन्योल रहेको उनले बताए।

कोटा नै थोरै आउँछ स्इ पिएस शाखा कार्यालय ग्वार्कोका प्रमुख कृष्णप्रसाद खनालले कोरियाबाटै थोरै कोटा आउने गरेकाले धेरै नेपाली जान नपाएको बताए। ‘नेपालमा कोरियन भाषा पढ्ने धेरै छन,’ उनले भने,‘पास पनि भएका छन्। तर, कोटा नै थोरै आउँछ। त्यसैले धेरै जान पाउँदैनन्।’ उनका अनुसार कोरियन भाषा पास गरेर मात्रै जान पाइन्छ भन्‍ने ग्यारेन्टी हुँदैन। स्किल टेष्टमा पनि पास हुनैपर्छ। यो एउटा विद्यार्थीको भाग्य पनि हो।२००८ देखि २०१९ सम्म ६६ हजार कोरिया गएस्इ पि एस शाखा प्रमुख खनालले २००८ देखि २०१९ सम्ममा ६५ हजार आठ सय ४५ जना कोरिया गइसकेको बताए। उनका अनुसार २०१९ मा अहिलेसम्म ६ हजार ६ सय ७२ पुरुष गएका छन्। चार सय ६४ जना महिलासहित सात हजार एक सय ३६ जना कोरिया पुगेका छन्।

यसवर्ष ९२ हजार विद्यार्थीले यसवर्ष परीक्षा दिएका थिए। भाषा परीक्षा १२ हजारले पास गरे। स्किल टेष्टमा ६ हजार सात सय ७३ जना पास भएका छन्। अन्य अधिकांश फेल भएका छन। ‘कोरियाले माग भन्दा अहिले बढी नै लाने गरेको छ’, उनले भने, ‘कतिजना कोरिया जान बाँकी छ भन्‍ने रेकर्ड हामीकहाँ आउँदैन।’ उनले २०२० का लागि कोरियाबाट कोटा आइनसकेको जानकारी दिए। उनका अनुसार सन् २०१८ मा पास गर्नेहरु २०१९ देखि २०२० सम्म कोरिया गइसक्छन्।२०१७ का विद्यार्थी आन्दोलनमास् अहिले २०१७ का कोरियन भाषा परीक्षाका विद्यार्थी आन्दोलित छन्। २०१८ का धेरै कोरिया गइसकेको बताउँदै आफुहरु जान नपाएकोमा उनीहरुले गुनासो गरेका छन्।

खनालले भने,‘सन् २०१७ मा कृषितर्फ धेरैले पास गरेका थिए। तर, जान पाएनन। २०१८ का लाई मात्रै कोरिया पठाएको भनेर उनीहरुले आन्दोलन गरिरहेका छन।’ खनालका अनुसार २०१७ मा मात्रै कृषिबाट ५ हजार गइसकेका छन। कोरिया जान राहदानी बनाउनेसहित ८० देखि ९० हजारसम्म शुल्क लाग्‍ने गरेको उनले बताए।‘अहिले कोरियन भाषामा सरकारी कोर्ष छैन’, खनालले भने, ‘ह्युमन रिसोर्स डेभलपमेन्ट अफ कोरियन ९एचआरडी० कै पाठ्याक्रम अनुसार कोरियन भाषा पढाइन्छ।’(थाहा खबरबाट)

Loading...