सभामुखको चयन फलामको चिउरा, माघ ६ सम्म फेरी संसद बैठक स्थगित

काठमाडौँ, २७ पुस। सत्तारुढ दल नेकपाभित्र सभामुखको चयन फलामको चिउरा बनेको छ । सभामुखका बिषयमा नेताहरुबीच कुरा नमिलेपछि संसद बैठक फेरी स्थगित भएको छ । आइतवार संसद बैठक बोलाइएको थियो । तर नेकपाले सभामुख चयन गर्न नसकेपछि प्रतिनिधिसभाको बैठक ६ माघसम्मका लागि स्थागित भएको छ ।

उपसभामुख शिवमाया तुम्बाहाङफेलाई नेकपा सचिवालय बैठकले शनिवार राजीनामा गर्न आग्रह गरेको थियो । तुम्बाहाङफेको राजीनामा मागेलगतै आइतवार विहान नेकपाका शीर्ष नेताहरु बालुवाटार पुगेका थिए । बालुवाटारमा तुम्बाहाङफेलाई पनि बोलाइएको थियो । तुम्बाहाङफेसहित बसेको शीर्ष नेताहरुको बैठकमा सभामुखमा सहमति जुट्न नसकेको बालुवाटार स्रोतले बताएको छ ।

‘विहानदेखि बालुवाटारमा लगातार छलफल भयो, तर सभामुखमा सहमति जुटेन’ नेकपाका एक सचिवालय सदस्यलेभ ने ‘सहमति जुट्न नसकेपछि संसद बैठक ६ माघसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ ।’ नेकपामा उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने प्रयास भइरहे पनि उनले अस्वीकार गर्दै आएकी छन् । आइतवार विहान पनि तुम्बाहाङफेले राजीनामा गर्न मानिन् । आफुलाई सभामुख बनाउने निर्णय गरेमात्र राजीनामा दिने अडानमा उनी बसिरहिन ।

Loading...