देउवाले थाले पौडेल र सिटौलासँग सम्वाद, कांग्रेसको विवाद सुल्झिदै

काठमाडौँ, २८ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवाद सामधान गर्न आफै सम्वाद थालेका छन् । आइतवार पार्टीभित्रका असन्तुष्ट समुहुका नेताहरुसँग सम्वाद गरेका छन् । देउवाले आफ्नै निवास महाराजगञ्जमा वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग सम्वाद गरेको कांग्रेस नेता रमेश लेखकले बताए ।

कांग्रेस नेता लेखकको मध्यस्ततामा तीन नेताबीच सम्वाद शुरु भएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल भारतबाट फर्केलगतै विवाद सामधान हुने आँकलन गरिएको छ । उनी आज उपचारका लागि भारत जाँदैछन् । देउवा निवासमा करिव डेढ घण्टा छलफल गरेपछि पौडेल र सिटौला केही खुसी देखिएका छन् । देउवा निवासको छलफलमा देउवा, पौडेल, सिटौला, महामन्त्री पूर्णबहादुर खड्का र लेखक थिए ।

पुस ११ मा संस्थापन पक्षले बहुमतका आधारमा १४औं महाधिवेशनको मिति तोक्नुका साथै ४७ वटा विभाग बनाउने र विधानका विभिन्न धारा निलम्बन गर्ने निर्णय गरेपछि विवाद सतहमा आएको थियो ।

Loading...