फलामको गुणस्तरको सफल परीक्षण: मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडा

भक्तपुर, २७ पुस । मन्त्रालयको उद्योग विभागका सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी समेत तयार भइसकेको बताइन्। उनले नवलपरासीमा भेटिएको फलामखानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेपछि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएकी हुन् ।

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले परासीको धौवादीमा भेटिएको फलाम खानी उत्खननको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।‘गुणस्तरसम्बन्धी विषयको सफल परीक्षण भइसकेको छ। डिपोजिट पर्याप्त मात्रामा छ भन्ने पनि आइसकेको र नमुना परीक्षण पनि सफलताका साथ भइसकेको छ,’ उनले भनिन्, ‘अहिले औद्योगिक परीक्षण चीनमा भइरहेको छ। उत्खनन र प्रशोधनका लागि कम्पनी खाडा गरी सञ्चालनको मोडालिटीमा पनि तयार भएको छ।’

सचिव खतिवडाका अनुसार दैलेखमा भेटिएको पेट्रोलिय पदार्थको अन्वेषणका लागि चीनसँग सम्झौता भइ काम सुरु भइसकेको छ। चार महिनाभित्रमा ड्रिलिङको काम सकिएर कति मात्रामा पेट्रोलियम पदार्थ निकाल्न मिल्छ भनेर व्यावसायिक रूपमा थाहा हुने उनले बताइन्। दैलेखम मात्रै नभएर अहिले सुर्खेत र तानसेनमा पनि यससम्बन्धी काम भइरहेको मन्त्रालयले जनाएको छ।

Loading...