मकवानपुरमा बसको ठक्कबाट साइकलयात्रीको मृत्यु

मकवानपुर ५ माघ । मकवानपुर को मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई गएराति ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । बस […]

आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन् । गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् […]

एमसीसी र सूचना विधेयक दुवै देशका लागि घातक भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । अमेरिकी अनुदान सहयोग मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नगर्न सरकारलाई खबरदारी गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । एमसीसी तथा सरकारले संसदमा दर्ता गराएको सूचना विधेयक देश र जनताको हीतमा नरहेको भन्दै यसलाई सच्याउन सरकारलाई खबरदारी गर्न विरोध प्रदर्शन गरिएको हो । अमेरिकी सहयोग सम्झौता एमसीसी र सूचना विधेयक दुवै देशका लागि घातक रहेको […]

लागुऔषध सहित सिरहाका स्थानबाट आठ पक्राउ

सिरहा, ३ माघ । सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय लहानबाट खटिएको टोलीले स ११ प ८०१, स८प ७९८१, स७ प ७८५४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित गएराति लहान नगरपालिका– ८ का २२ वर्षीय राकेशकुमार महतो, २० वर्षीय कान्छा महतो, २२ वर्षीय सुमित गुप्ता, […]

सरकारले दियो विप्लव नेकपालाई आतङ्ककारी संज्ञा

काठमाडौं, ३ माघ । विप्लब नेतृत्वकाे नेकपाले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य सहनशील हुन नसक्ने प्रष्ट पारेको छ । नेकपाले बुधबार ढुङ्गेधारास्थित एक व्यक्तिको घरमा बम विस्फोट र बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको विषयलाई सरकारले आतङ्ककारी गतिविधिको संज्ञा दिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार […]

दरबारमा बस्नेले टहरामा बस्नेको दुःख कदापि बुझ्न सक्दैन: प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दरबारमा बस्नेले सडक र टहरामा बस्नेको दुःख बुझ्न नसक्ने बताएका छन् । विहीवार भक्तपुरको दरवार क्षेत्रमा आयोजित २२ औं रास्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोहलाई सम्वोधन गर्दै प्रमुख प्रजापतिले भूकम्प पीडितहरूको ब्यथा सरकारले बुझ्न नसकेको आरोप लगाएका हुन् । सरकारका गृहमन्त्री राम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेयर प्रजापतिले […]

को मान्छेले ज्यान लिने धम्की दियो ? कति नम्बरबाट फोन आयो भन्नुपर्छ: प्रवक्ता बाँस्कोटा

काठमाडौं, ३ माघ । पछिल्ला दिनहरुमा नेकपा नेता भीम बहादुर रावललाई बालुवाटारबाट ज्यान लिने धम्की आएको कुरा चर्चामा रहेको छ । यो बीचमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यो कुरा सत्य नभएको बताएका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य रावलविरुद्ध आएको भनिएको […]

लगातारको वर्षाले रूरू महोत्सव प्रभावित, लाखौँको क्षति

पाल्पा, ३ माघ । बिहीबारदेखि परेको वर्षाले पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रमा चलेको महोत्सव प्रभावित बनेको छ । वर्षासँगै रिडी खोला बढेपछि पाल्पा र गुल्मीतर्फ राखेको २० भन्दा बढी स्टलमा क्षति पुगेको छ । केही पसल राख्न नमिल्ने गरी नै बगाएको छ । रिडी खोलाले कतिपय स्टलका सामान पनि बगाएको छ । केही […]

सभापति देउवा बालुवाटारमा

Sher Bahadur Deuba

काठमाडौँ, ३ माघ । सत्य निरूपण तथा मेलमिलाप आयोगको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहबीच छलफल भएको छ ।  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो । ‘प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासँग दुवै अध्यक्षहरूले सत्य निरुपण […]

किन दुई बच्चासहित दम्पत्ति त्रिशूली नदीमा हामफाले ??

धादिङ- काठमाडौं थानकोट घर भएका बिनय लामिछानेको दम्पत्तिले आफ्ना दुई नाबालक सन्तानसहित बिहिवार साँझ त्रिशूली नदीमा हामफालेका छन् । घटनामा श्रीमानको उद्धार गरिएको छ भने श्रीमती जमुना रेग्मी (लामिछाने) को मृत्यु भएको छ । साथै दुई नाबालक बेपत्ता भएका छन् । माघे संक्रान्ती मनाउन गोरखाको घ्याल्चोक गएका उनीहरु काठमाडौंस्थित घर फर्कने क्रममा बिहिवार साँझ ६ः३० […]