लगातार परेको पानीले नौ करोडको इँटा नष्ट

भक्तपुर, ५ माघ। दुईदिन लगातार परेको पानीले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन्। उता, भक्तपुरका इँटा व्यवसायीहरुले भने पानीले नष्ट इँटा को क्षतिपूर्ति स्वरुप नगरपालिकाले वार्षिक रुपमा लिँदै आएको कर छुट गर्न माग गरेका छन् । बिहीबार रातीदेखि शुक्रबार मध्यरातीसम्म परेको हिउँदे वर्षाका कारण इँटा उद्योगमा करोडौँ रुपैयाँको क्षति […]

‘प्रधानमन्त्री सिंहदरबारमा नजाने भए ताला लगाइदिऊँ’

काठमाडौँ, ५ माघ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारबाटै सरकार चलाएकोमा आपत्ति जनाएका छन् । आइतवारको राष्ट्रिय सभामा बैठकमा विशेष समय लिएर बोल्दै सांसद रायमाझीले प्रधानमन्त्री ओली सिंहदरबार नै नआउने हो भने ताल लगाउन अनुरोध पनि गरे । ‘प्रधानमन्त्री बालुवाटारबाट सिंहदरबार आउनै छाडेका छन्। राति सुत्न प्रयोग गरिने […]

५ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि शुरु

बुटवल, ५ माघ । ५ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन आज आइतबार देखि शुरु हुँदैछ । मूख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बस्नेगरी संसदको पाँचौं अधिवेशन आह्वान गरेका हुन्। आजदेखि शुरु हुने प्रदेश सभाको नयाँ अधिवेशनले प्रदेशको नामदेखि करिब आधादर्जन विद्येयक पारित गर्नुपर्नेछ। हालसम्म सातमध्ये चार प्रदेशले नाम र राजधानी […]

आस्था राउतलाई अभद्र व्यवहार कसुरमा पक्राउ गर्न अनुमति

काठमाडौं, ५ माघ । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको स्रोतले बतायो । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् । बुधबार काठमाडौं भद्रपुर उडानका लागि […]

अग्नि सापकोटालाई सभामुख बनाउन नेकपा अध्यक्षद्वय सहमत

काठमाडौं, ५ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउन सहमति बनेको छ। आइतबार बिहान दुई अध्यक्षको बैठकले सापकोटाको नाममा सहमति जुटाएको हो। प्रचण्डनिकट एक स्थायी समिति सदस्यले सापकोटाको नाममा अध्यक्षद्वय सहमतिमा पुगेको जानकारी दिए। दुई अध्यक्षको सहमतिलाई अपराह्न ४ बजे बस्ने […]

संसदबाट एमसीसी जसरी पनि पारित हुन्छ – देउवा

दाङ, ५ माघ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी जसरी पनि संसदबाट पारित हुने बताएका छन् । नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले त्यस्तो बताएका हुन्। उनले एमसीसी नेपालका लागि फाइदाजनक भएकाले पारित हुने विश्वास व्यक्त गरे। विकसित मुलकका लागि एमसीसी मुटु नै भएको उनको […]

भानुचोकबाट पेस्तोलसहित दुई पक्राउ

जनकपुरधाम, ५ माघ । धनुषाको जनकपुरधाम उप महानगरपालिका १ भानुचोकबाट दुईजनालाई पेस्तोलसहित पक्राउ गरेको छ । शनिबार साँझ ६ बजेतिर बा. १४ च. ७४५९ नम्बरको महेन्द्रा टुभ कारले ज. ९ प. ४८०६ नम्बरको मोटरसाइललाई ठक्‍कर दिँदा पक्राउ परेका व्यक्तिको साथबाट पेस्तोल बरामद भएको हो। पक्राउ पर्नेमा धनुषा क्षिरेश्वरनाथ नगरपालिका १ रमदैया बस्ने ४२ वर्षीय जितेन्द्रकुमार […]

सभामुख चयनका लागि ओली र प्रचण्ड छलफलमा ब्यस्त

काठमाडौं, ५ माघ, काठमाडौं । सभामुख उम्मेदवारमा सहमति कायम गर्न सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड पुनः छलफलमा जुटेका छन् । प्रधानमन्त्री ओलीसँग परामर्श गर्न प्रचण्ड आइतबार बिहानै बालुवाटार पुगेका हुन् । नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेका कारण प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुरु भएको एक महिना पुग्दा पनि संसदको नियमित […]

तानसेन बुटवल सडक छोटिँदै

तानसेन, माघ । तानसेन–बुटवलको दूरी ३९ किलोमिटर छ । सार्वजनिक यातायातमा यात्रा गर्दा २ घण्टा समय लाग्छ। अब यो दूरी छोटिने भएको छ। सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डमा घुमाउँरा मोड तथा घुम्ती धेरै हुँदा समय धेरै लागेको हो। सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बन्ने निश्चित भएसँगै राजमार्गको अन्य क्षेत्रमा पनि सडक सुधारको काम सुरु भएको छ। […]

नेपालमै पहिलोपटक १०८ फिट अग्लो स्थापना गरिने

सुर्खेत, ५ माघ । वीरेन्द्रनगरमा बुद्ध सरोवर निर्माणार्थ सहयोग जुटाउने उद्देश्यले शनिबारदेखि ‘धम्म देशना’ बुद्ध शिक्षा प्रवचन कार्यक्रम शुरु भएको छ । नेपालमै पहिलोपटक १०८ फिट अग्लो बुद्धमूर्ति स्थापना गर्न निर्माणस्थलमै ‘धम्म देशना’ को शुभारम्भ गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुद्ध सरोवर निर्माणले पर्यटन क्षेत्रको विकासमा […]