काठमाडौं, ६ माघ। डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले अक्कल झुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका थिए । यसपटक पनि सभामुख पद रिक्त भएपछि ओलीले आफूले चाहेकै व्यक्ति ल्याउने कोसिस गरे । त्यसका लागि उनले आफ्ना विश्वासपात्र पूर्वसभामुख सुवास नेम्बाङलाई अघि सारे । तर झन्डै […]
Author: Nonstop Khabar
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं, ६ माघ । गत असोजदेखि सभामुखविहीन अवस्थामा गुज्रिएको प्रतिनिधिसभा बैठक आज बस्दै छ । नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसकेपछि यसअघि पटक–पटक प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो । सत्तारूढ दल नेकपाले लामो गलफतीका बाबजुत अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । संघीय संसद् सचिवालयले […]
अन्नपूर्णको हिमपहिरोमा परेर हराएका ४ कोरियाली र ३ नेपाली अझै बेपत्ता
कास्की, ६ माघ । अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरुका नेपाली गाइडको खोजीमा कठिनाइ उत्पन्न भएको छ । हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने अवस्था नरहेको पदयात्रा व्यावसायीले बताएका छन् । त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको र ठूलो पहिरोले पुरिएका कारण तत्काल भेट्न कठिन रहेको […]
हिमपात रोक्न स्थानीयले गरे हिउँमै बसेर पूजा
डोल्पा, ६ माघ । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९, पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए । ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा […]
प्रदेश १ मा चार राज्यमन्त्री थपिए
काठमाडौं, ५ माघ । मुख्यमन्त्री शेरधन राईले अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार, जसमाया गजमेर सामाजिक विकास, विजयकुमार विश्वास उद्योग, पर्यटन र रामबहादुर मगर भूमि व्यवस्थालाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। उनीहरुले आजै शपथ लिएका छन्। प्रदेश १ का निमित्त सचिव गोपीप्रसाद घिमिरेका अनुसार मुख्यमन्त्री राईले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेका हुन्
हिमपहिरोमा परेका सयभन्दा बढी पर्यटकको उद्धार १० जना सम्पर्कविहीन
पोखरा, ५ माघ । हिमपहिरोमा परेर अन्नपूर्ण आधार शिविर एमबीसी पदमार्ग र थोरङपासमा नेपाली र विदेशी पर्यटक गरी १० जना सम्पर्कविहीन भएका छन् । हिमपहिरोमा परेका विदेशी पर्यटक र नेपाली गाइड अझै सम्पर्कमा आएका छैनन् । हराएका चार जना कोरियाली र दुई जना नेपाली गाइड सम्पर्कविहीन भएको त्यही समूहसँगै पदयात्रामा रहेका अर्का एक जना गाइडले बताएका छन् । खोजी […]
दैनिक तीन करोड राजश्व आर्जन गर्ने रसुवा राजमार्गले अझै पाएन मर्मत
रसुवा, ५ माघ । उत्तरी क्षेत्रबाट व्यापार–व्यवसाय गर्ने राजमार्ग मर्मत हुन नसक्दा दिनानुदिन जीर्ण बन्दै गएको छ । नेपाल चीनबीच व्यापारी कारोवारबाट दैनिक तीन करोड राजश्व आर्जन गर्ने एकमात्र पासाङल्हामु राजमार्ग मर्मत हुन नसक्दा मालवाहक सवारीसाधन गुडाउन असहज बन्दै गएको ट्रक तथा कन्टेनर चालकहरूले बताएका छन् । सडकका अधिकांश स्थानमा खाल्टाखुल्टी हुँदा मालवाहक ट्रक तथा […]
हिमपातले नेपाल चीनबीच आवतजावत बन्द
रसुवा, ५ माघ । हिमपातका कारण नेपाल चीनबीच केरुङको आवतजावत बन्द भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेम नेपालका अनुसार चिनियाँ भूभागको अधिकांश सडकमा हिउँ जमेका कारण सवारीसाधन एवं मानिस हिँड्डुल गर्नसमेत बन्द भएको हो । दैनिक रूपमा मालसामान ओसारपसार गर्ने ट्रक तथा कन्टेनर आवतजावत गर्न नसक्दा सयौँ सवारी चालक अलपत्र रूपमा […]
स्थानीयको प्रदर्शनले उग्र रुप लिएपछि सो क्षेत्रमा कर्फ्यु आदेश जारी
सिन्धुपाल्चोक, ५ माघ। बाह्रबिसे नगरपालिका वडा नम्बर ३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक आसपासमा बनाइएको अस्थायी संरचना भत्काएको बिषयमा स्थानीयको प्रदर्शनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । शुक्रबार बजार क्षेत्रमा अनधिकृत रूपमा बनाइएका घर तथा टहरा बाह्रबीसे नगरपालिकाको अग्रसरतामा भत्काइएको थियो […]
लगातार परेको पानीले नौ करोडको इँटा नष्ट
भक्तपुर, ५ माघ। दुईदिन लगातार परेको पानीले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन्। उता, भक्तपुरका इँटा व्यवसायीहरुले भने पानीले नष्ट इँटा को क्षतिपूर्ति स्वरुप नगरपालिकाले वार्षिक रुपमा लिँदै आएको कर छुट गर्न माग गरेका छन् । बिहीबार रातीदेखि शुक्रबार मध्यरातीसम्म परेको हिउँदे वर्षाका कारण इँटा उद्योगमा करोडौँ रुपैयाँको क्षति […]











