शिक्षक लाईसेन्सको ५० प्रतिशत कापी परिक्षण सकियो

काठमाडौं, ६ माघ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र लाईसेन्स परीक्षाको कापी परीक्षणको काम ५० प्रतिशत काम सकिएको जनाएको छ । पहिलो चरणमा माध्यमिक तहबाट कापि परीक्षण काम शुरु गरेको आयोगले सबै तहको ५० प्रतिशत उत्तरपुस्तिका परिक्षण कार्य सकिएको उप-सचिव एवम आयोगका सूचना अधिकारी दामोदर आचार्य जानकारी दिए । सूचना अधिकारी आचार्यका अनुसार […]

करको सास्तीमा सर्वसाधारण, एउटा खसीको कर एक सय

बैतडी, ६ माघ । स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन् । स्थानीय सरकारले सडकमा ढाट नै तेस्र्याएर पशु निकासीमा चर्को कर असुल्न थालेका हुन् । त्यसरी लगाइएको कर खसीबोकामा एक सय रुपियाँ, राँगाभैँसी र तरकारीमा पाँच सय रुपियाँ छ । स्थानीय सरकारले निकासी कर लिन ठाउँठाउँमा ठेक्का नै दिएको छ । ठेकेदारले […]

छ बुँदे टोक्यो घोषणापत्र सहित च्याप्टर सम्मेलन सम्पन्न

टोक्यो, जापान । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को तेस्रो च्याप्टर सम्मेलनले संसारभरि छरिएका साहित्यकारहरुलाई एकै ठाउँमा राखेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने निर्णय गरेको छ । संस्था स्थापना भएको दुई दशक बित्न लाग्दा सबैलाई समेट्दै नेपाली साहित्यलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्यलाई पनि द्रूतगतिले अघि बढाउने निर्णय गरेको छ । तीन दिन सम्म […]

बुद्ध एयर र यति एयरलायन्सका जहाज ठोक्किए

काठमाडौँ, ५ माघ । सोमबार बिहान त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किएका छन् । जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सका जहाज ठोक्किएका हुन्। जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ। दुबै जहाजमा सामान्य क्षति भएको दुबै एयरलायन्स कम्पनीका अधिकारीहरूले बताएका छन् । क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन […]

काठमाडौं विमानस्थलदमा बुद्ध र यति एयरका विमान आपसमा ठोक्किए

काठमाडौं, ६ माघ । त्रिभुवन विमानस्थलमा यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन् । जनकपुर जान लागेको बुद्ध एयरको विमानले रोकिराखेको यती एयरलाइन्सको विमानलाई ठक्कर दिएको हो। विमान ठोक्किँदा दुवै विमानमा सामान्य क्षति भएको विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले जानकारी दिए। विमान ठोक्किए पनि विमानस्थलका अन्य उडानहरू सुचारु रहेको पनि कर्णले जानकारी दिए।

राजीनामा दिँदै उपसभामुख डा. तुम्बाहाङ्फे

काठमाडौं, ६ माघ । उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गरेर संघीय संसद् सचिवालयमा राजीनामा दिने भएकी छन् । नेकपा सचिवालय बैठकले सभामुख उम्मेदवारको टुंगो लगाएपछि उनी राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ । उनले यसअघि सभामुख उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी थिइन् । सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ […]

सिटिजन्स बैंकको नाफा ६८ करोड ७७ लाख रुपैयाँ

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ६९ करोड रुपैयाँ नाफा कमाएको छ । दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुमध्ये नै पहिलोपटक वित्तीय विवरण सार्वजनिक गर्दै सिटिजन्सले यो अवधिमा ६८ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा कमाएको जनाएको हो । यो अघिल्लो वर्षको नाफाको तुलनामा करिब ११ प्रतिशत कम हो । अघिल्लो वर्ष सो […]

प्रदेश नं ५: नाम र राजधानी टुङ्गो लगाउन माग

बुटवल, ६ माघ । प्रदेश सभाको पाँचौँ अधिवेशन सुरु भएसंगै नाम र राजधानी टुङ्गो लगाउन माग गरेका छन् । प्रदेश सभाको पाँचौँ अधिवेशन चार महिनापछि आइतबारदेखि सुरु भएको हो । त्यस अवसरमा बोल्दै प्रदेश सभाका सदस्यहरूले यही अधिवेशनबाट प्रदेशको राजधानी र नाम टुङ्गो लाग्ने विश्वास व्यक्त गरे । सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशको […]

गणितलाई अनिवार्यबाट हटाएपछि विज्ञहरुले जनाए कडा आपत्ती

काठमाडौं, ६ माघ । कक्षा ११ र १२ मा गणित विषयलाई अनिवार्यबाट हटाइएकोमा विज्ञहरूले आपत्ति जनाएका छन् । गणितलाई ऐच्छिक विषयमा गणना गरिँदा स्नातक तहमा विद्यार्थीले इच्छाअनुसारको विषय पढ्न नपाउने भन्दै नेपाल गणित समाजले आपत्ति जनाएको हो । त्रिभुवन विश्वविद्यालय गणित शिक्षा केन्द्रीय विभागका उपप्राध्यापक तथा समाजका सहसचिव डा. जीवन काफ्लेले भने, ‘पाठ्यक्रम विकास केन्द्रले […]

सत्तारुढ नेकपासँग उपसभामुखका प्रश्नै प्रश्न, विनागल्ती आफूलाई हटाउन लागेकोमा आपत्ती

काठमाडौं । संघीय प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफूमाथि ठूलो अन्याय भएको बताएकी छन् । नयाँ सभामुख चयनको प्रक्रियामा निरन्तर आफ्नो आपत्ती र दावी जनाउँदै आएकी तुम्बाहाङ्फेले अहिले आफूलाई विनाकारण सजायको भागिदार बनाइएको भन्दै आपत्ती जनाएकी छन् । उपसभामुख तुम्वाहाङ्फेले अहिले आफूलाई निर्वाचित गराउने पार्टी नेकपासँग आफूलाई हटाउनुपर्ने कारण के हो भन्दै निरन्तर प्रश्न गर्दै […]