राजीनामा दिँदै उपसभामुख डा. तुम्बाहाङ्फे

काठमाडौं, ६ माघ । उपसभामुख डा। शिवमाया तुम्बाहाङ्फेले सभामुखलाई सम्बोधन गरेर संघीय संसद् सचिवालयमा राजीनामा दिने भएकी छन् । नेकपा सचिवालय बैठकले सभामुख उम्मेदवारको टुंगो लगाएपछि उनी राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतले जनाएको छ ।

उनले यसअघि सभामुख उम्मेदवार तय भएपछि निकास दिने बताउँदै आएकी थिइन् । सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ । त्यसअघि उनले राजीनामा दिने बताइएको छ ।

त्यसपछि बैठकको अध्यक्षता ज्येष्ठ सदस्यका हैसियतमा राजपा नेता महन्थ ठाकुरले गर्नेछन् । बैठकपछि उपसभामुख तुम्बाहाङ्फेले पत्रकार सम्मेलन गर्ने तयारी छ ।

Loading...