बुद्ध एयर र यति एयरलायन्सका जहाज ठोक्किए

काठमाडौँ, ५ माघ । सोमबार बिहान त्रिभुवन विमानस्थलमा दुई जहाज ठोक्किएका छन् । जनकपुर जान लागेको बुद्ध एयरको जहाज र रोकिराखेको यति एयरलायन्सका जहाज ठोक्किएका हुन्।

जहाज ठोक्किएपछि बुद्ध एयरको जनकपुर उडान रद्द गरिएको छ। दुबै जहाजमा सामान्य क्षति भएको दुबै एयरलायन्स कम्पनीका अधिकारीहरूले बताएका छन् । क्षति सामान्य भए पनि दुबै जहाजलाई नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरूले जाँच गरेपछि उडान हुने बताइएको छ।

Loading...