नवनियुक्त महानिरीक्षक ज्ञवालीले गरे पदभार ग्रहण

काठमाडौं, २९ माघ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएसँगै प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका हुन् । बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक आइजीपी ज्ञवालीलाई गृहसचिव महेश्वर न्यौपानेले आईजीपीको दर्ज्यानी चिन्ह लगाई दिएका थिए । मंगलबार बसेको […]

आँचल शर्मा र उदिप श्रेष्ठ फागुन २९ मा विवाह गर्दै

काठमाडौँ, २९ माघ । डा. उदिप श्रेष्ठसँग अभिनेत्री आँचल शर्माको विवाहको मिति तय भएको छ । उनिहरुले आउँदो फागुन २९ गते उनको विवाह गर्ने विश्वसनिय स्रोतले जानकारी दिएको छ । आँचलको परिवारले विवाहका लागि बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू रोजेको छ । भने, फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन […]

सिन्धुपाल्चोक गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

सिन्धुपाल्चोक, २९ माघ । को जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताए । उनका अनुसार आफूहरुले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको […]

दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि

काठमाडौँ, २९ माघ । दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले पछिल्लो समय गरेका भौगर्भिक तथा अन्वेषणको परिणामले यस क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको सुनिश्चित भएको जानकारी दिए । उनले […]

पुल नबन्दा प्रतिव्यक्ति १०० रुपैयाँ तिरेर तुईन तर्न बाध्य स्थानीय

हुम्ला, २९ माघ । सरकारले तुइन विस्थापित गर्दै झोलुङ्गे पुलका योजना अघि सारेको दुई वर्ष भइसक्यो तर हुम्ला संगै कर्णालीका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनकै भर पर्नुपरेको छ । हुम्ला जिल्लाको खार्पुनाथ गाउपालिकाका जनप्रतिनिधिहरु दैनिक पालिका केन्द्रमा आउन जान ज्यानको बाजी मारेर तुइनकै भरमा वहरदोहर गरिरहेका छन् । जनप्रतिनिधि मात्र नभई स्थानियबासीले पनि खेतबारीको […]

सिन्धुपाल्चोकमा कोरोना भाइरसको आशंका, भेटिए मिल्दाजुल्दा लक्षणका बिरामी

सिन्धुपाल्चोक, २९ माघ। सिन्धुपाल्चोकमा कोरोना भाइरस संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएका छन् । यस्ता बिरामी भेटिएपछि गाउँपालिकाले पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोना भाइरसको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन् । गाउँपालिकाका अनुसार गाउँपालिका–३ को गुम्बाबस्तीमा रुघा, खोकी र अत्यधिक ज्वरोजस्ता लक्षणका ८४ जना भन्दा […]

गए राती ट्याक्टर दुर्घटनामा चारको मुत्यु, ८ जना घाइते

बुलिगंटार, २९ माघ । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका मा गए राती भएको ट्याक्टर दुर्घटना हुदा चार जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । बुलिगंटार प्रहरी चौकीका अनुसार बुलिगंटार गाउँपालिका वडा नं ३ मा डाडाँझेरीको छरछरे बाट बुलिगंटारतर्फ फर्कदैं गरेको लु ४ त २५५६ नंम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार चार जनाको […]

अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौं, २९ माघ । आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक क्रिकेट सिरिज अन्तर्गत नेपालले अमेरिकाविरुद्ध शानदार जित हात पारेको छ । बुधबार भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको सामान्य लक्ष्य पछएको नेपालले ५ ओभर २ बलमा दुई विकेट गुमाउँदै ३६ रन पूरा गरेको थियो […]

नासाकी महिला अन्तरिक्षयात्रीले बनाइन् नयाँ इतिहास

२८ माघ, अमेरिकी अन्तरिक्ष निकाय नासाकी क्रिस्टिना कुकले महिलाले गरेको अहिलेसम्मकै लामो अन्तरिक्षयात्रा पूरा गरेकी छन्।कुक चढेको रुसी सोयुज अन्तरिक्षयानले गत साता शुक्रवार जीएमटी ९:१२ बजे काजकस्तानको मैदानमा अवतरण गरेको थियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा ३२८ दिन बिताएर उनले यसअघि अमेरिकाकी अन्तरिक्षयात्री पेगी विट्सनको कीर्तिमान भङ्ग गरेकी हुन्।कुकको कीर्तिमान अमेरिकाका पुरुष अन्तरिक्षयात्री स्कट केलीको […]

यसपालिकाे ‘जनयुद्ध’ दिवसमा ओली सहभागी हुने

काठमाडौं, २८ माघ । सत्तारुढ दल नेकपाले यो पटक मनाउन थालेको ‘जनयुद्ध’ दिवसमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भएका छन् । तत्कालीन नेकपा माओवादी र नेकपा एमालेबीच एकीकरण भएर नेकपा बनेपछि गत साल पहिलो पटक मनाइएको सो दिवसमा अध्यक्ष ओली सहभागी भएका थिएनन् । यो पटक भने उनी सहभागी हुने […]