आँचल शर्मा र उदिप श्रेष्ठ फागुन २९ मा विवाह गर्दै

Image result for आँचल शर्मा र उदिप श्रेष्ठ

काठमाडौँ, २९ माघ । डा. उदिप श्रेष्ठसँग अभिनेत्री आँचल शर्माको विवाहको मिति तय भएको छ । उनिहरुले आउँदो फागुन २९ गते उनको विवाह गर्ने विश्वसनिय स्रोतले जानकारी दिएको छ । आँचलको परिवारले विवाहका लागि बुढानिलकण्डमा रहेको होटल पार्क भेन्यू रोजेको छ । भने, फागुन ३० गते आँचल र उदिपले पाँचतारे होटल हायतमा रिसेप्सन पार्टी दिन लागेको जानकारी प्राप्त छ ।

Image result for आँचल शर्मा र उदिप श्रेष्ठ

‘नाईं नभन्नू ल ४’ बाट अभिनयमा डेब्यू गरेकी आँचल शर्माको नाम लामो समय अभिनेता पल शाहसँग जोडियो । दुईले एकसाथ तीन फिल्म र सयभन्दा बढी म्यूजिक भिडियोमा काम गरेपछि प्रेम सम्बन्धको चर्चामा मलजल पुगेको थियो । तर, उनीहरुले प्रेम सम्बन्ध भने कहिल्यै स्वीकार गरेनन् । उनीहरुले आफूहरुबीच साथीभन्दा माथिको सम्बन्ध नभएको रटान मात्र लगाइरहे ।

Image result for आँचल शर्मा र उदिप श्रेष्ठ

एक वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेकी अभिनेत्री आँचलले विवाहपछि पनि फिल्ममा सक्रिय रहने बताउँदै आएकी छन् । उनले अहिले इन्गेजमेन्ट र विवाहको तयारीका कारण कुनै फिल्म र म्यूजिक भिडियोमा काम गरेकी छैनन् । हालै उनले ‘झिँगेदाउ’ नामक चलचित्रको छायांंकन भ्याएकी थिइन् । विवाहपछि उनले ‘डामाडोल’ नामक चलचित्र गर्ने बताइएको छ।

Image result for आँचल शर्मा र उदिप श्रेष्ठ

Loading...