सुनको भाउको नयाँ रेर्कड

काठमाडौं, ६ फागुन । सुनको भाउ बढेर नयाँ उचाइमा पुगेको छ । यसअघि सबैभन्दा उच्च बिन्दु तोलाको ७६ हजार ५०० सम्म पुगेको सुनको भाउ नयाँ उचाइमा पुगेको हो । मंगलबार आज छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ७६ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । जबकि सोमबार ७६ हजार ५०० […]

प्रदेश सरकारले किसानलाई ट्रक, ट्र्याक्टर र पिकअप गाडी वितरण गर्दै

काडमाडौँ, ६ फागुन । ठूलो परिमाणमा कृषि उपजहरुको उत्पादन गर्नेगरी चक्लाबन्दी खेती गर्ने किसानलाई वाग्मती प्रदेश सरकारले ठूला कृषियन्त्र वितरण गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो । प्रत्येक कृषकको समेत ५० प्रतिशत […]

पेट्रोलियम तथा ग्यास पाइपलाइन परियोजना अघि बढाउन समिति गठन

काठमाडौँ, फाुगन ६ गते । पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यास पाइपलाइन परियोजना अघि बढाउन नेपाल आयल निगमले प्राविधिक अध्ययन समिति बनाएको छ । समितिले दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सिलगढी–झापा, अमलेखगञ्जदेखि चितवनको लोथर र रुपन्देहीसम्मको प्राकृतिक ग्यासको प्राविधिक अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । सबै आयोजनाको विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयार गर्न चारवटा संयुक्त अध्ययन टोली बनाइएको […]

घुससहित सव इञ्जिनियर पक्राउ

भोजपुर, ६ फागुन । भोजपुरमा घुससहित सव इञ्जिनियर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको हायुखोला खानेपानी आयोजनाको बिल फरफारक गरिदिने भन्दै घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले जनाएको […]

महामारीको रुप लिएको कोरोनाबाट ज्यान गुमाउने १९ सय पुग्यो!

बेइजिङ, ६ फागुन । महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ ज्यान गुमाउनेको संख्या करीब एक हजार नौ सय पुगेको छ । कोरोना भाइरसबाट तीन हजार स्वास्थ्यकर्मीसहित ७३ हजार ४३६ भन्दा बढी संक्रमित भएको जनाइएको छ । गत डिसेम्बरबाट चीनको हुवेइ प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण हुवेइ प्रान्तमा मात्रै हिजो एकै दिन ९३ जनाले ज्यान […]

उपसभामुखबाट राजीनामा गरेकी तुम्बाहाङ्फेलाई मन्त्रीको जिम्मेवारी

उपसभामुख बाट राजीनामा गरी पदमुक्त भएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् । सोमबार दिउँसो तुम्बाहाङ्फे कानूनमन्त्रीमा नियुक्त भए संगै उनले उक्त जिम्मेवारी सम्हालेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा उनलाई पद तथा गोपनीयताको सपथ गराएकी थिइन् । निवर्तमान सभामुख कृष्ण बहादुर महराले […]

कारागारबाट बाहिरिए महरा, लाग्न थाल्यो एमसीसी मुर्दावादको नारा

काठमाडौँ, ५ फागुन१ सय ३३ दिनदेखि पुर्पक्षका लागि थुनामा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा रिहा भएका छन् । बलात्कार प्रयासको आरोपमा सफाई पाएपछि उनी रिहा भएका हुन् । डिल्लीबजार कारागारमा महरालाई खादा र माला लगाई विदाइ गरिएको छ भने बाहिर बसिरहेका उनका समर्थक र शुभचिन्तकहरुले उनलाई सोही तरीकाले स्वागत गरेका छन् । कारागार बसाइका क्रममा […]

पानीजहाजभित्र कोरोनाभाइरस देखिएपछि क्वारेन्टाइनमा उपचार गरिरहेका आफ्ना ३५० नागरिकलाई हङकङले उद्धार गर्दै

एजेन्सी, जापानको डायमोन्ड प्रिन्सेस क्रुज पानीजहाजमा फसेका ३५० हङकङ नागरिक लिन दुईवटा क्याथे प्यासिफिक विमान जापान जाने भएको छ।३५ सय यात्रु चढेको जापानी पानीजहाजमा कोरोनाभाइरस देखिएपछि उक्त पानीजहाजलाई नै क्वारेन्टाइन बनाएर संक्रमितको उपचार भइरहेको छ । अन्य यात्रुलाई पनि तल झर्न दिइएको छैन। यसबीचमा अमेरिकाले आफ्ना ४ सय नागरिक उक्त पानीजहाजबाट उद्धार गरेको छ। जसमध्ये […]

आजको संयोग: निवर्तमान सभामुख जेल बसाइबाट मुक्ति, उपसभामुखलाई मन्त्रालय

काठमाडाैँ ५ फागुन । बलात्कार प्रयास मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएपछि निवर्तमान सभामुख झण्डै चार महिनापछि आफ्नो घरपरिवारसँग पुनर्मिलन हुँदै छन् र उनी चार महिना लामो जेल बसाइबाट मुक्ति पाएका छन् भने तुम्बाहाङ्फे अब केही दिनमै मन्त्रीनिवास सर्नेछिन्। गत असोजसम्म तत्कालीन सभामुख कृष्णबहादुर महरा मुलुककै पाँचौँ वरीयताका सम्माननीय पदमा थिए भने उपसभामुख शिवमाया तुम्बाहाङफे […]

खादा र मालासहित महरालाई स्वागतको लागि भव्य तयारी

काठमाडौं, ५ फागुन । जिल्ला अदालत काठमाडौंबाट बलात्कार प्रयासको मुद्दामा निर्दोष ठहर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आजै रिहाई गरिने भएको छ । त्यसको लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्नेछ । उनलाई रिहाई गर्नको लागि अदालत परिसरबाट डिल्लीबजार कारागारतर्फ लगिएको छ । महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको हो । महरा रिहाई […]