खादा र मालासहित महरालाई स्वागतको लागि भव्य तयारी

काठमाडौं, ५ फागुन । जिल्ला अदालत काठमाडौंबाट बलात्कार प्रयासको मुद्दामा निर्दोष ठहर भएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आजै रिहाई गरिने भएको छ । त्यसको लागि कानूनी प्रक्रिया पूरा गर्नुपर्नेछ । उनलाई रिहाई गर्नको लागि अदालत परिसरबाट डिल्लीबजार कारागारतर्फ लगिएको छ ।

महरालाई सोमबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलासले निर्दोष ठहर गरेको हो । महरा रिहाई हुनेबित्तिकै उनलाई नेकपाका कार्यकर्ताहरुले भव्य स्वागतको तयारी गरेका छन् । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष रहेको फैसला गरेको छ । बलात्कार प्रयासको आरोपमा पुर्पक्षमा डिल्लीबजार कारागार रहेका महरा आजै रिहा हुने भएका छन् । न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला गरेको हो ।

महराविरुद्ध सरकारी वकिलले र महराको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, डा.दिनमणि पोखरेल, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा पक्राउ परेका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

Loading...