जनकपुरधाम, ५ फागुन । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको मुख्य बजारमै एक जना महिलाको सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ विश्वकर्मा चोकमा सोमबार ३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ । ३५ वर्षीया महिलालाई आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका(७ का २५ वर्षीय नरेश महतो र भारत बिहार मधुवनी कलुवाहीका ४९ वर्षीय राघवेन्द्रप्रसाद सिंह रहेको प्रहरी निरीक्षक अशोक झाले जानकारी दिए । झाका अनुसार जनकपुर क्षेत्रकै ती महिलालाई दुवै जनाले आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गरेका थिए । दुवै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक झाले बताए ।