टेलिकमको फ्रिडम प्याकः १५ रुपैयाँमा २४ घण्टा कुराकानी

काठमाडौँ, ५ फागुन । नेपाल टेलिकमले विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याकमा थप  गरेको छ । विभिन्न मूल्यमा खरिद गर्न सकिने यस्ता प्याकमा कम्पनीले थप विशेषता थप गरेको हो ।

एक घण्टा अनलिमिटेड प्याक

यो प्याक २० रुपैयाँमा लिन सकिने कम्पनीले जनाएको छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

डे टाइम भ्वाइस प्याक

डे टाइम भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ देखि बेलुकी ५ बजेसम्म कल गर्न सकिने छ । सो प्याक खरिद गरेको २४ घण्टाभित्र उपयोग गर्न सकिने छ । विहान १० बजे खरिद गरेको प्याक बेलुकी ५ बजे सम्म र भोलि विहान फेरि १० बजे सम्म प्रयोग गर्न सकिन्छ ।

अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक

अनलिमिटेड नाइट टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म कल गर्न सकिनेछ । रातको समयमा जति पनि कल गर्न सकिने भएकाले यो निकै नै उपयोगी बनेको छ ।

अनलिमिटेड नाइट डाटा प्याक

अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि १८ रुपैयाँमा अनलिमिटेड डाटा राती ११ बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । ९० रुपैयाँमा ७ दिनसम्म राती ११ बजेदेखि बिहान ६ बजेसम्म अनलिमिटेड डाटा चलाउन सकिने प्याक पनि उपलब्ध रहेके कम्पनीले छ ।

बाँकी प्याक थाहा पाउने तरिका

मोबाइलमा लिएको भ्वाइस प्याक वा अन्य कुनै पनि प्याक कति बाँकी छ भनी थाहा पाउनका लागि *1415*55#  डायल गर्न सकिन्छ । त्यसैगरीv लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । त्यसपछि कति भ्वाइस प्याक वा अन्य प्याक बाँकी छ भन्ने जानकारी सहितको एसएमएस आउँछ । साथै नेपाल टेलिकम एपमार्फत पनि बाँकी प्याक थाहा पाउन सकिन्छ ।

Loading...