निवर्तमान सभामुख कृष्ण बहादुर महरा छिट्टै रिहा हुदै

काठमाडौं ५ फागुन । संसद सचिवालयमा कार्यरत महिला स्वास्थ्यकर्मी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा छिट्टै रिहा हुने भएका छन् । नेकपाको शीर्षस्थ नेतृत्व तहले महरा रिहा हुने सन्देश पार्टीका नेता कार्यकर्तालाई प्रवाह गर्न थालेका छन् । सुरुआती चरणमा महराप्रति आक्रामक नेताहरु बिस्तारै नरम देखिएका छन् । शाहीले गत १२ असोजको राति महरा आफ्नो तीनकुनेस्थित डेरामै आएर बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन् ।

सत्तारुढ नेकपा सचिवालयको निर्देशनमा महराले गत १४ आसोजमा पदबाट राजीनामा दिएका थिए । राजीनामालगत्तै शाहीले महरा आफ्नो ’ बाबुसमान’ भन्दै यौन दुव्र्यवहार नभएको भन्दै आफूले लगाएका आरोप फिर्ता लिएकी थिइन् । तर, बडादशैको समयमा प्रहरीले नियन्त्रणमा लिएर रोशनीलाई महराविरुद्ध उजुरी दिन लगाएको थियो । त्यसपछि उनी निवासबाटै पक्राउ परे ।

सिंहदरबार प्रहरी वृत्तको हिरासतमा राखिएका बेला अस्वस्थ भएपछि हाल महरालाई थापाथलीस्थित नर्भिक अस्पतामला राखिएको छ । मंगलबार अस्पतालबाटै महरालाई प्रहरीले म्याद थपका लागि काठमाण्डु जिल्ला अदालत ल्याएको थियो । पछिल्लो समय शाहीले महरामाथि लगाइएको आरोप गलत भन्दै त्यसबारे प्रसारित सबै समाचार तथा अन्तर्वार्ता गलत भएको बताउँदै आएकी छन् ।

स्रोतका अनुसार अदालतमा बयान दिने क्रममा शाहीले महरामाथि आफूले त्यस्तो आरोप नलगाएको र यौनजन्य दुव्र्यवहार नभएको बनायन दिनेछिन् । शाहीले त्यसको संकेत केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमार्फत गरिसकेकी छन् । प्रहरीले दबाबमा महराविरुद्ध उजुरी दिन लगाएको आरोप शाहीको छ । उनले अदालतमा समेत त्यस्तै बयान दिएको खण्डमा मुद्दा कमजोर बन्न गई महरा रिहा हुनेछन् ।

अधिवक्तासमेत रहेका तत्कालीन संविधानसभाका सदस्य रेवतिरमण भण्डारीले शाहीले अदालत समक्ष बयानका क्रममा आफूमाथि दुव्र्यवहार नभएको बयान दिएको अवस्थामा महरा रिहा हुने बताए ।‘यदि जाहेरीकर्ताले नै कसैको दबाब वा करकापमा जाहेरी दिएको भन्छ भने त्यतिबेला अभियोग प्रमाणित हुँदैन’, भण्डारीले भने ।

Loading...