सामूहिक बलात्कार गर्ने भारतीयसहित दुई जना पक्राउ

जनकपुरधाम, ५ फागुन । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको मुख्य बजारमै एक जना महिलाको सामूहिक बलात्कार भएको छ । जनकपुरधाम उपमहानगरपालिका-४ विश्वकर्मा चोकमा सोमबार ३५ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरिएको प्रहरीले जनाएको छ । ३५ वर्षीया महिलालाई आफ्नो कोठामा लगेर सामूहिक बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । […]

टेलिकमको फ्रिडम प्याकः १५ रुपैयाँमा २४ घण्टा कुराकानी

काठमाडौँ, ५ फागुन । नेपाल टेलिकमले विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याकमा थप  गरेको छ । विभिन्न मूल्यमा खरिद गर्न सकिने यस्ता प्याकमा कम्पनीले थप विशेषता थप गरेको हो । एक घण्टा अनलिमिटेड प्याक यो प्याक २० रुपैयाँमा लिन सकिने कम्पनीले जनाएको छ । प्याक एक्टिभ भए पश्चात १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र […]

निवर्तमान सभामुख कृष्ण बहादुर महरा छिट्टै रिहा हुदै

काठमाडौं ५ फागुन । संसद सचिवालयमा कार्यरत महिला स्वास्थ्यकर्मी रोशनी शाहीमाथि यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा छिट्टै रिहा हुने भएका छन् । नेकपाको शीर्षस्थ नेतृत्व तहले महरा रिहा हुने सन्देश पार्टीका नेता कार्यकर्तालाई प्रवाह गर्न थालेका छन् । सुरुआती चरणमा महराप्रति आक्रामक नेताहरु बिस्तारै नरम देखिएका छन् । शाहीले गत १२ […]

आरआर क्याम्पसमा नेकपा र कांग्रेसका विद्यार्थीबीच झडप

काठमाडौं, ५ फागुन । रत्न राज्यलक्ष्मी आरआर क्याम्पसमा नेपाल कम्युनिस्ट पार्टी नेकपा र नेपाली कांग्रेसका विद्यार्थी संगठनबीच झडप भएको छ । आसन्न स्ववियु निर्वाचनका विषयमा विवाद हुँदा सोमबार झडप भएको हो । नेपाल विद्यार्थी संघ नेविसंघले आफ्ना विद्यार्थीहरु आविष्कार पौडेल, कुशल बस्नेत र सुमन खड्कामाथि कुटपिट भएको बताएको छ । उता, सत्तारुढ पार्टीको भातृ संगठनले […]

कोरोना भाइरसका कारण मृत्यु हुनेको १६ सय ६५ बढि, दुई हजार बढि नयाँ विरामी

बेइजिङ, ४ फागुन । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा एक हजार ६६५ बढि पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो । उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा देखिएको पनि जानकारी दिएका छन् । सङ्क्रमितहरु चीनका ३१ वटा प्रान्तका […]

गोदावारी नगरपालिकाको ०५ मिजारको घरमा शक्तिशाली बम फेला 

ललितपुर ५ फागुन । गोदावारी नगरपालिकाको ०५ मा रहेको शुकराम मिजारको घरमा बम भेटिएको छ । मिजारको घरमा शक्तिशाली बम फेला परेको ललितपुर प्रहरीले जनाएको छ । घरमाथि स्लबमा निस्किएको ठाँउमा ग्रिनेड बम फेला परेको हो । महानगरिय प्रहरी वृत्त चापागाँउका डीएसपी कृष्णराज ओझाका अनुसार अहिले उक्त बम डिस्पोज गर्न नेपाली सेनाको टोली खटिएको छ […]

हेलिकोप्टरबाट कालापानी निरीक्षण गरेर फर्किए रक्षामन्त्री पोखरेल

दार्चुला, ५ माघ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र निरीक्षण गरेर फर्किएका छन् । उनी सोमबार दार्चुलाको सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्टरबाट कालापानी क्षेत्रको अवलोकन गरेर फर्किएका हुन् । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलको टोलीमा दार्चुला जिल्लाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य गणेष सिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल […]

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेश प्रस्थान

काठमाडौं, ५ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा. एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीन दिने औपचारिक भ्रमणमा आज बिहान ढाकातर्फ प्रस्थान गरेका छन् । मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका […]

कोरोना भाइरसको त्रासका कारण हुबेई प्रान्तका ६ करोड मानिस घरभित्रै बन्दी

बेइजिङ, ५ फागुन । कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल चीनको हुबेई प्रान्तका ६ करोड मानिस लामो समयदेखि घरभित्रै बन्दी भएका छन् । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि त्यहाँको सरकारले घर बाहिर ननिस्कन भनेपछि हुबेईका बासिन्दा घरभित्रै कैदी जस्तै भएर बस्न वाध्य भएका हुन् । तर आपतकालीन अवस्थामा भने घरबाहिर निस्कन पाइने भनिएको छ । यस्तै […]

काठमाडौंमा बिजुलीका तार भूमिगत बनाउन शुरु, प्रधानमन्त्रीद्वारा शुभारम्भ

काठमाडौं, ५ फागुन । विकासका काम अगाडि बडिरहदा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमले विकास निर्माणको काम भइरहेको नदेखेको र बाँसुरी बजाएको मात्र देखेको भन्दै गुनासो पोखेका छन् । विद्युत प्राधिकरणले आज (सोमबार) देखि काठमाडौँ उपत्यकामा विजुलको तार भूमिगत गर्ने कामको सुरुआत गर्दैछ।सोमबार बिहान काठमाडौंमा जमिनमुनी तार बिछ्याउने कामको शुरुवात गर्दै उनले सञ्चारमाध्यमसँग गुनासो गरेका हुन् । उनले […]