गोदावारी नगरपालिकाको ०५ मिजारको घरमा शक्तिशाली बम फेला 

ललितपुर ५ फागुन । गोदावारी नगरपालिकाको ०५ मा रहेको शुकराम मिजारको घरमा बम भेटिएको छ । मिजारको घरमा शक्तिशाली बम फेला परेको ललितपुर प्रहरीले जनाएको छ । घरमाथि स्लबमा निस्किएको ठाँउमा ग्रिनेड बम फेला परेको हो ।

महानगरिय प्रहरी वृत्त चापागाँउका डीएसपी कृष्णराज ओझाका अनुसार अहिले उक्त बम डिस्पोज गर्न नेपाली सेनाको टोली खटिएको छ । बम कसले किन राखेको भन्नेबारे खुलेको छैन् ।

बम राखिएको स्थान वरपर कुनै पर्चा समेत नदेखिएको प्रहरीले जनाएको छ । डीएसपी ओझाका हनुसार मिजारको परिवार घरमै भएपनि बम कसले राख्यो भन्नेबारे कुनै जानकारी नभएको जनाए ।

Loading...