सुनको भाउको नयाँ रेर्कड

काठमाडौं, ६ फागुन । सुनको भाउ बढेर नयाँ उचाइमा पुगेको छ । यसअघि सबैभन्दा उच्च बिन्दु तोलाको ७६ हजार ५०० सम्म पुगेको सुनको भाउ नयाँ उचाइमा पुगेको हो । मंगलबार आज छापावाला सुनको भाउ तोलामा २०० रुपैयाँले बढेर ७६ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । जबकि सोमबार ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजावी सुनको भाउ पनि तोलामा २०० रुपैयाँले नै बढेर मंगलबार ७६ हजार ४०० रुपैयाँ पुगेको छ । सोमबार तेजावी सुनको भाउ तोलाको ७६ हजार २०० रुपैयाँ थियो । चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार र मंगलबार चाँदीको भाउ प्रतितोला ८ सय ९० रुपैयाँ कायम भएको छ ।

Loading...