उपसभामुखबाट राजीनामा गरेकी तुम्बाहाङ्फेलाई मन्त्रीको जिम्मेवारी

उपसभामुख बाट राजीनामा गरी पदमुक्त भएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।

सोमबार दिउँसो तुम्बाहाङ्फे कानूनमन्त्रीमा नियुक्त भए संगै उनले उक्त जिम्मेवारी सम्हालेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा उनलाई पद तथा गोपनीयताको सपथ गराएकी थिइन् ।

निवर्तमान सभामुख कृष्ण बहादुर महराले नैतिकताका आधारमा राजीनामा गरेपछि तुम्बाहाङ्फेले सभामुख पद माग गरेकी थिइन् । पार्टीले सभामुख नदिने बरु मन्त्री बनाइदिने आस्वासन दिएपछि उनले उपसभामुखबाट राजीनामा गरेकी थिइन् । राजीनामा पश्चात पनि उनले सरकारी निवास छाडेकी थिइनन ।

Loading...