उपत्यका बाहेक अरु ठाउँमा भोली देखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक गाडी नचल्ने

काठमाण्डौ, ९ चैत । सरकारले भोली देखि लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको छ । काठमाण्डौ उपत्यका बाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने सरकारले जनाएको छ । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ । तर काठमाडौं उपत्यका काठमाण्डौ, […]

पाँच युवकद्वारा ३७ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरी लुटपाट गर्ने गिरोहका दुई जना पक्राउ

काठमाडौं, ९ चैत ।गत चैत २ गते राति शिवपुरी गाउँपालिका ५ की ३७ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार भएको थियो । नुवाकोटमा एक महिलामाथि पाँच जना युवकले सामूहिक बलात्कार गरेका थिए । सामूहिक बलात्कार गरी लुटपाट गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शिवपुरी गाँउपालिका ५ बस्ने २५ वर्षका उमेश तामाङ र […]

कैलालीमा विस्फोट हुदा एकको मृत्यु

धनगढी, ९ चैत । कैलालीको गोदावरीमा विस्फोट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको विस्फोटमा स्थानीय नरबहादुर विकको मृत्यु भएको हो। विकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउँन खोज्दा पट्कीएर मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्टले बताए । उनले घटनाको थप अनुसन्धान भइरहेको […]

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, ९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण पछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ । प्रधानमन्त्री ओलीले आइतबार मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।मन्त्रिपरिषदको आइतबारको बैठकमा हालसम्मको कामको समीक्षा हुने जनाइएको छ । मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो […]

बाँकेको जमुनाहा नाका एक साताका लागि बन्द

काठमाडौं, ९ चैत । बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न भन्दै नेपाल–भारत जमुनाहा बन्द गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले दुवै देशका अधिकारीहरुको सहमतिमा नाका बन्द गरिएको बताए । खड्काले कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट […]

बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटायो

काठमाडौँ, ९ चैत । चौतर्फी आलोचना र विरोधपछि बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटाएको छ । बुद्ध एयरले लामो दूरीका बस सेवा सूचारु नहुन्जेलसम्म यात्रुहरुलाई राहतस्वरुप अधिकतम हवाई भाडादर घटाएको जानकारी दिएको छ । विषम परिस्थितमा नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि अधिकतम भाडादर आजको मितिदेखि घटाइएको बुद्ध एयरले एक सूचना जारी गर्दे जानकारी […]

तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, १८ घाइते

तनहुँ, ९ चैत । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवामा बस दुर्घटना हुँदा एक युवतीको मृत्यु, १८ घाइते भएका छन ।  तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस दुर्घटना भएको हो । मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जनकपुरधामबाट मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजना पक्राउ

९ चैत । जनकपुरधाममा मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजना पक्राउ परेका छन् । विश्वभरी कोरोना भाइरसको संक्रमण फैलिएपछि कालोबाजारी गर्नेहरुको संख्यामा पनि वृद्धि भएको छ । जनकपुरधाममा मास्क र सेनिटाइजरको कालोबाजारी गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला प्रशासन कार्यालय धनुषाबाट संयुक्त रुपमा खटेको अनुगमन टोलीले पक्राउ गरेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा […]

कोरोनाभाइरसको (कोभिड–१९) जनचेतनामूलक गीत (भिडियोसहित)

काठमाडौं, ९ चैत । कोरोनाभाइरसको (कोभिड–१९) जनचेतनामूलक गीत सार्वजनिक भएको छ । जसमा गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा सजिएको छ । विश्वभरी १३ हजार बढीको ज्यान लिइसकेको कोरोनाको संक्रमणबाट कसरी जोगिने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी के-कस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा विभिन्न चर्चित कलाकारहरुको अभिनय […]

कोभिड–१९ संक्रमतिको संख्या विश्वभर तीन लाख बढि, मर्नेको संख्या १२ हजार ९७३

विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि ठूलो त्रास उत्पन्न भएको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर तीन लाख चार हजार भन्दा बढी मानिस संक्रमित भएका छन् । यस्तै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या पनि झण्डै […]