नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु,

काठमाडौँ, ९ चैत । काठमाडौँमा एलपी ग्यासको ढुवानी माग भन्दा बढि गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ । ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । सङ्घका अनुसार एलपी ग्यास […]

‘राष्ट्रिय एकता र उच्च मनोबलका साथ महामारीको सामना गर्नुपर्छ’:अध्यक्ष प्रचण्ड

काठमाडौं, ९ चैत । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना संक्रमणविरुद्ध सरकार र पार्टीले लिएका नीतिगत तथा व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैलाई आग्रह गरेका छन् ।प्रचण्डले विज्ञप्ति जारी गरी विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र जनसमुदायलाई अपिल गरेका हुन् । केही दिनयता […]

काभ्रेपलाञ्चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु

बनेपा, ९ चैत । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ५७ प ७२८ नंको मोटरसाइकल एकापसमा आज बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा […]

कोरोनाभाइरसबाट इटलीको लोम्बर्डी क्षेत्र सबैभन्दा बढि प्रभावित

काठमाडौ, शनिवार मात्रै इटलीमा करिब ८०० जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो। गत महिना कोरोना सङ्क्रमण सुरु भएयता ४,८२५ जनाको मृत्यु भयो जुन विश्वकै सबभन्दा धेरै हो । लोम्बर्डी इटलीको सबैभन्दा नराम्ररी प्रभावित स्थान हो, त्यहाँमात्रै कोरोनाभाइरसका कारण ३,०९५ को मृत्यु भएको छ । यो क्षेत्रका अध्यक्ष एट्टिलियो फोन्टानाले कडाइका नयाँ नियमहरू एक विज्ञप्ति जारी […]

नेपालमा कोरोना भाइरस भित्रिएको अडियो भाइरल बनाउने युवक भक्तपुरबाट पक्राउ

कोरोनाको कारण मानिस मरिरहेको कुरा राज्यले लुकाइरहेको अडियो पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति भक्तपुरको सिपाडोल बस्ने बिबेक थापामगर हुन् । रामेछाप घर भै सिपाडोल बस्ने बिबेकलाई प्रहरीले पक्राउ गरेको श्रोतले बताएको छ । श्रोतका अनुसार करिब ३ बजेको समयमा भक्तपुरबाट उनलाई पक्राउ गरिएको हो । ”२० वर्षिय बिबेकलाई भक्तपुर प्रहरीको […]

बसपार्कमा कोरोनासँगै ट्राफिक त्रास, प्रत्येक गाडीबाट ५ हजार उठाउँदै प्रहरी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि नेपालमा पनि ठूलो त्रास उत्पन्न भएको छ । अहिलेसम्म कोरोनाको संक्रमण व्यापक नभए पनि संक्रमण बढ्यो भने त्यसलाई नियन्त्रण गर्ने तयारी र क्षमता निकै कमजोर रहेको भन्दै सरकारप्रति आक्रोश पनि उत्पन्न भइरहेका छन् । यही त्रासले अहिले राजधानी छोडेर गाउँघरतिर जानेहरुको संख्या ह्वात्तै बढेको छ […]

कोरोनाको महासंकट: यस्तो छ प्रधानमन्त्री ओलीको सम्वोधनको पूर्ण पाठ

देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील छ। म विश्वास दिलाउन चाहन्छु, यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने छ। आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होईन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरू सामु […]

नेपाल भारत सीमाबाट समान ढुवानीबाहेक अन्य आवतजावत रोकिने

छिमेकी भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीका एक जना सल्लाहकारले अवस्था बिग्रिए सामानहरूको ढुवानीबाहेक नेपाल भारत सीमा मार्फत् हुने सबै किसिमका आवतजावत रोकिने बताएका छन् । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार शुक्रबार बिहानसम्म त्यहाँ १९५ जनामा सङ्क्रमण देखिएको छ भने चार जनाको (कोभिड १९) का कारण मृत्यु भइसकेको छ। […]

भारतमा जनता कर्फ्यु लगाउने घोषणा

एजेन्सी, ७ चैत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस ९कोभिड १९० को संक्रमणको महामारी रोक्न आइतबारदेखि जनता कर्फ्यु लगाउने घोषणा गरेका छन् । भारतीय नागरिकलाई महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको उनले स्पष्ट पारेका छन् । उनले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान पनि गरेका छन् । कर्फ्यु आगामी आइतबारदेखि […]

जोखिम न्यूनीकरणका गर्न ५०० सय शैयाको क्वारेन्टिन कक्ष निर्माण गर्दै प्रदेश सरकार

काठमाडौँ, ७ चैत । (कोभिड–१९) को जोखिमलाई ध्यान दिँदै बागमती प्रदेश सरकारले ५०० शैयाको क्वारेन्टिन (निगरानी कक्ष) निर्माण गर्ने भएको छ। प्रदेशस्तरीय विपद् व्यवस्थापन निर्देशक समितिको बिहीबार बसेको बैठकले हेटौँडा अस्पतालसहित, हेटौँडा एकेडेमी, वन विज्ञान अध्ययन संस्थान, गौरीटार खेलकूद एकेडेमी र सशस्त्र प्रहरीको हेटौँडा क्याम्पमा सो कक्ष निर्माण गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद […]