एजेन्सी। इटालीमा कोरोनाभाइरस(कोभिड–१९)को संक्रमणबाट एकैदिन ४२७ जनाको मृत्यु भएपछि सर्वाधिक नागरिक गुमाउने मुलुक बनेको छ। इटालीमा योसँगै कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ । यो संख्या कोरोना भाइरसको उद्गम स्थल चीनको भन्दा बढी हो। चीनमा हालसम्म यसको संक्रमणबाट ३ हजार २ सय ४५ जनाको ज्यान गइसकेको छ । […]
Author: Nonstop Khabar
फेरि बढ्यो सुनको मूल्य कति पुग्यो तोलाको?
काठमाडौँ, ७ चैत । केही दिनदेखि ओरालो लागेको सुनको मूल्य शुक्रबार फेरि बढेको छ । सुनको मूल्य घटबढ हुने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा आज पाँच सय फेरि बढेको छ । बिहीबार ७५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेर ७५ हजार पाँच […]
सोलुखुम्बुको नाम्चेका सम्पूर्ण होटलहरु बन्द
काठमाडौं, ७ चैत । सोलुखुम्बुको नाम्चेका सम्पूर्ण होटल तथा लजहरु बन्द भएका छन् । नाम्चे होटल एण्ड लज एसोसिएसनले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना नआउँदासम्म नाम्चेका सम्पूर्ण होटल तथा लजहरु बन्द गरिएको जानकारी दिएको हो । (कोभिड-१९) विश्व महामारीका बीच नेपाल सरकारले घोषण गरेअनुरुप महामारीको उच्च सतर्कता अपनाउदै नाम्चेमा सञ्चालित सबै होटल तथा […]
(कोभिड–१९) त्रास: राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौँ, ७ चैत । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना संक्रमण र त्रासका कारण राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो । यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो । सरकारले कोरोना भाइरसको […]
खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको मृत्यु
बाजुरा, ७ चैत । खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले जानकारी दिए । उनका अनुसार खम्वीरसिंह थापाको यही चैत ५ गते र […]
निर्भया सामुहिक बलात्कार काण्डका चारै दोषीलाई शुक्रबार बिहान मृत्युदण्ड
काठमाडौं, ७ चैत । १६ डिसेम्बर सन् २०१२ मा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलत्कारपछि हत्या गरेका थिए ।सन् २०१२ भएको निर्भया सामुहिक बलात्कार काण्डका चारै जना दोषीलाई शुक्रबार बिहान भारतले मृत्युदण्ड दिएको छ । मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्तालाई दिल्लीको एक जेलमा फाँसीमा […]
उपत्यकाका पाँच स्थानमा आजदेखि सुपथ मूल्यको पसल सञ्चालन
काठमाडौं, ७ चैत । सरकारले उपत्यकाका पाँच स्थानमा आजदेखि सुपथ मूल्यको पसल सञ्चालनमा ल्याउँदैछ । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । हिजो सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी गराएका थिए । […]
अध्यक्ष अवालेलाई पितृशोक
नेपाल राष्ट्रिय कर्मचारी महासंघका पूर्व केन्द्रीय सचिव एवं नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय परीक्षा बोर्ड केन्द्रीय समितिका अध्यक्ष प्रकाश अवालेलाई पितृशोक परेको छ । ललितपुर वार एशाेसिएशनका सदस्य समेत रहेका अवालेका पिता किसलाल अवालेको बुधवार राति निधन भएको हो । ८४ वर्षकाे उमेरमा ललितपुरको नखिपोटस्थित निवासमा उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ । उनी […]
शिक्षक लाइसेन्स: निमावि सामाजिक विषयको नतिजा सार्वजनिक (नतिजा सहित)
काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । बिहिवार आयोगले निम्न माध्यमिक तह सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी २२ हजार ९९ परीक्षार्थी मध्ये ७४२ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै १२३३ जनाको वस्तुगत परीक्षा रद्द […]
(कोभिड–१९) त्रास: त्रिविका सबै परीक्षा स्थगित
काठमाडौँ, ६ चैत । कोरोना भाइरसको बढ्दो संक्रमण र त्रासका कारण त्रिभुवन विश्वविद्यालयले चैत ७ गतेदेखि तय गरिएको स्नातक तथा स्नातकोत्तर तहका सबै तहको परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमणसँगै चैतमा सञ्चालन गर्ने तयारी गरिएका सबै परीक्षा अर्को निर्णय नभएसम्म स्थगित गर्ने निर्णय गरिएको त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले जानकारी […]











