(कोभिड–१९) त्रास: राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित

काठमाडौँ, ७ चैत । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना संक्रमण र त्रासका कारण राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो ।

यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो । सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न २५ जना भन्दा धेरै मानिस भेला नहुन बुधबार निर्देशन दिएको थियो ।

Loading...