आठ महिनामा बीमा कम्पनीले आर्जन गरे ६० अर्ब २२ करोड बीमा शुल्क

काठमाडौं, १० चैत । चालु आर्थिक वर्षको ८ महिनामा १९ वटा जीवन बीमा कम्पनीले ६० अर्ब २२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार ८ महिनामा जीवन बीमा कम्पनीले ६० अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीले फागुन महिनासम्ममा २० अर्ब ५६ […]

१९ वर्षे नेपालीमा कोरोना संक्रमण पोजेटिभ– ‘टेकुमा उपचार हुँदै’

काठमाडौं, १० चैत । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक जना नेपाली कोरोना पोजेटिभ देखिएको र उनको उपचार टेकुमा भइरहेको जानकारी दिएका छन् ।सरकार कोभिड १९ विरुद्ध लड्न आवश्यक सावधानी अपनाएको र नागरिकले पनि राज्यले जारी गरेको सूचना तथा अनुरोध मान्न अनुरोध गर्दै फलोअपका बिरामीले डाक्टरको सुझाव मान्न अनुरोध गरेका छन् । उनले […]

कोभिड–१९ संक्रमणबारे यथार्थ जानकारी गराउन स्वास्थ्यमन्त्रीको आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं, १० चैत, काठमाडौं । युरोपबाट फर्किएका व्यक्तिका सन्दर्भमा यथार्थ जानकारी गराउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मध्यान्ह १२ बजे स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन डाकेका छन् । मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र आशंकित व्यक्तिका बारेमा जानकारी गराउन लागेका हुन् । सरकारले आजैदेखि अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न […]

कोभिड–१९ संक्रमणबाट भारतमा थप एकजनाको मृत्यु

काठमाडौँ, १० चैत । भारतमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोरोनाको संक्रमणबाट महाराष्ट्रको कस्तुर्पा अस्पतालमा ६८ वर्षीय फिल्पिन्सका नागरिकको मृत्यु भएको हो । योसँगै भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । इण्डियन मेडिकल रिसर्च एसोसिएशनका अनुसार आज (सोमबार) बिहानसम्म ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको […]

ललितपुरबाट विप्लवका दाईसहित ६ जना पक्राउ

काठमाडौँ, १० चैत । ललितपुर प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ६ जना नेता कार्यकर्ता पक्राउ गरेको छ। पक्राउ परेकामध्ये जयन्द्र चन्द, विप्लवका आफ्नै दाई हुन्। विनोद चन्द पनि विप्लवको नातेदार भएको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए। प्रहरीले प्रेम केसी, कमल सुनार, अनिल मगर र कृष्ण मगरलाई पनि पक्राउ गरेको छ। उनिहरुलाई चन्दा […]

कोभिड–१९ः अस्पताल जान नहत्तारिऔँ, घरमै बसि यी नम्बरबाट परामर्श लिन डाक्टरहरुको अनुरोध

चितवन, १० चैत । यदि स्वास्थ्यमा कुनै समस्या आएमा अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सकिन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा प्रदान गर्न शुरुआत समेत गरेका छन् । नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार विशेषज्ञ चिकित्सक मध्ये जुन […]

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चिन्तित

Narendra-Modi

काठमाडौँ, १० चैत । कोरोना रोकथामका लागि जारी गरिएको ‘लकडाउन’ लाई मानिसहरुले गम्भीरताका साथ नलिएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत एक सन्देश जारी गर्दै आफ्नो, परिवारको र समाजको रक्षाका लागि ‘लकडाउन’को निर्देशन गम्भीरताका साथ पालना गर्न अपील गरेका छन् । लॉकडाउन को अभी भी कई लोग गंभीरता […]

कोभिड–१९ संक्रमणबाट ज्यान जानेको संख्या १४ हजार ६ सय पुग्यो

काठमाडौं, १० चैत । कोभिड–१९ को संक्रमणबाट विश्वभर १४ हजार ६ सय मानिसको ज्यान गएको छ । चीन उद्गम भएर विश्वको १८६ देशमा फैलिएको कोरोनाबाट झण्डै ३ लाख ३० हजार मानिसमा संक्रमित भएको पुष्टि भएको छ । बीबीसीका अनुसार, कोरोना संक्रमणबाट इटलीमा सबैभन्दा धेरै ५ हजार ४ सय ७६ मानिसको ज्यान गएको छ । त्यहाँका […]

स्मार्टफोनको बिक्री हुनै छाड्यो, बिक्रीमा इतिहासकै उच्च गिरावट

कोरोना भाइरसको महामारीका कारण स्मार्टफोन बजारमा देखिएको मन्दीले रेकर्ड कायम गरेको छ । विश्व बजारमा स्मार्टफोनको बिक्रीमा अहिले देखिएको गिरावट स्मार्टफोनको आविष्कार भएयताकै सबैभन्दा उच्च गिरावट हो । अनुसन्धान संस्था स्ट्राटेजी एनालिटिक्सका अनुसार गत फेब्रुअरी महिनामा विश्व बजारमा स्मार्टफोनको बिक्रिमा गत वर्षको सोही महिनाको तुलनामा ३८ प्रतिशतले गिरावट आएको छ । स्मार्टफोनको सबैभन्दा ठूलो बजारको […]

दुईजना भन्दा बढी भेला हुन नपाउने, विश्वकै शक्तिशाली नेतृ चान्सलर मर्केल क्वारेन्टाइनमा

एजेन्सी । जर्मनीमा दुईजना भन्दा बढी भेला हुन नपाइने भएको छ । कोरोना भाइरसको महामारी थप फैलिन नदिने प्रयासमा रहेको जर्मनी सरकारले सार्वजनिक स्थानमा हुने भेलामा थप कडा नियम लागु गरेको हो । अब सार्वजनिक स्थानमा दुईजना भन्दा बढी भेला हुन पाउने छैनन् । जर्मन चान्सलर एङ्गेला मर्केलले टेलिभिजन मार्फत गरेको सम्बोधनमा भनेकी छन्, ‘भाइरसको […]