चीनमा राष्ट्रिय शाेक

चीनमा शनिवार शोक घोषणा गरिएको छ र चिनियाँहरु कोभिड १९ का कारण ज्यान गुमाउने आफन्त लाई सम्झना र जनसेवा गर्दागर्दै ज्यान गुमाउनेहरुको सम्मान गरिरहेका छन् । राष्ट्रपति शी जिनपिङ शनिबार कोरोनाभाइरस निमोनिया कोभिड १९ का कारण मरेका स्वदेशीको बिरूद्ध लड्न आफ्नो ज्यान अर्पण गर्ने शहीदहरूको लागि राष्ट्रिय शोकको अवधिमा सहभागी भए । शी र अन्य […]

विदेश यात्रा नै नगरेका व्यक्तिमा नेपालमा पहिलोपटक देखियो कोरोना संक्रमण

काठमाडौं, २२ चैत । नेपालमा पहिलोपटक एक स्थानीय महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको भेटिएको छ। भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूषसँगै नेपालमा पहिलो पटक एक स्थानीय महिलामा पनि यो भाइरसको संक्रमण भेटिएको छ। धनगढीका ३४ वर्षीय संक्रमितकी भाउजूमा पहिलोपटक कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले […]

लकडाउनको समय थप्ने वा नथप्ने बारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै,

काठमाडौं, २२ चैत । स्वास्थ्य सामाग्री खरिदका बारे अनियमितता भएकाे लगायत व्यापक कुरा उठिरहेका बेला आज मन्त्रिपरिषदकाे बैठक बस्ने भएकाे छ । अपरान्ह ४ बजे प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा बैठक बस्ने भएकाे हाे । मन्त्रिपरिषद बैठकमा चैत २५ सम्म लकडाउन घोषणा गरेको अवस्थामा यसलाई निरन्तरता दिने वा नदिने भन्ने बारेमा छलफल हुने बताइएकाे छ । […]

भारतबाट आएका थप तीनमा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या ९ पुग्यो

काठमाडाैं । नेपालमा कोरोना भाइरसका थप नयाँ तीन संक्रमित फेला परेका छन्। भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। नयाँ भेटिएका संक्रमितहरुमा मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीको ३४ वर्षीय महिला रहेको मन्त्रालयले जनाएको […]

सशस्त्र प्रहरी र तस्करबीच गोली हानाहान

काठमाडौं । मोरङमा वनमा चोरी शिकारी गर्ने समूह र वन कर्मचारीबीच दोहोरो गोली हानहान भएको छ। मोरङको सलकपुर सामुदायिक वन क्षेत्र र लोहन्द्रा केरावारी साझेदारी वन क्षेत्रमा चोरी शिकारी गर्ने समूहसँँग वनका कर्मचारीबीच शुक्रबार अपराह्न ३ः३० बजे गोली हानाहान भएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले बताए। जंगलमा चोरी शिकारी भइरहेको सूचनाको आधारमा वन […]

बाग्लुङ्गकी महिला कोरोनाको छैटौं संक्रमित

नेपालमा कोरोना भाइरस (कोभिड-१९) का अर्का संक्रमित पनि भेटिएका छन्। यससंगै संक्रमितको संख्या छ पुगेको छ । संक्रमित व्यक्ति चैत ४ मा कतार एयरवजको जहाजबाट काठमाडौं आएका यात्रु रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनका अनुसार क्युआर ६५२ नम्बरको उडान बाट कतारको दोहा हुँदै काठमाडौं आएका यात्रुमा कोरोना पोजेटिभ पाइएको हो । […]

दिल्ली धार्मिक सभामा सहभागी भएकाहरु लुकेर नेपाल आइपुगेको खुलासा

सप्तरी । भारतको नयाँ दिल्लीमा कोरोना भाइरस कोभिड १९ फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी भएका थप तीन जना सप्तरीमै फेला परेका छन् । योसँगै दिल्ली धार्मिक सभामा सप्तरीबाट सहभागिता जनाउनेको संख्या ६ पुगेको छ । पछिल्लो पटक फेला परेका तीनै जना सप्तरी सदरमुकाम राजविराजकै निवासी हुन् । दिल्ली धार्मिक सभामा सहभागी भई आफ्नो […]

अब पेट्रोल ९६, डिजेल ८५ रुपैयाँमा, विश्वबजारमै घट्यो इन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । कोरोनाबाट अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको हो । बुधबार ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार निगम सञ्चालक समितिको आजै बसेको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल र मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० […]

राहतका लागि नामावली संकलन गर्ने क्रममा दुई पक्षबीच कुटाकुट

वीरगञ्ज । देशभर घोषणा गरिएको लकडाउनका कारण समस्यामा परेका कारण विपन्न परिवारलाई राहत वितरण गर्नको लागि नामावली संकलन गर्दा बुधबार वीरगञ्जमा दुई पक्षबीच कुटाकुट भएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित बरेवा टोलमा राहत वितरण गर्नको लागि नामावली संकलन गर्नेक्रममा टोलकै दुई पक्षबीच कुटाकुट भएको वडाध्यक्ष सन्तोष तिवारीले जानकारी दिए। दुई पक्षबीच भएको कुटाकुटमा […]

अर्बौको घोटाला सार्वजनिक भएपछि ओम्नी समूहसँगको आधा सम्झौता रद्द

काठमाडौं । सरकारले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन गरेको सम्झौता रद्द गरेको छ। उसले ५ कराेड रुपैयाँ रुपैयाँ धराैटी पनि जफत गरेकाे छ। स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले यो जानकारी दिएका हुन्। सरकारले कोरोना भाइरस संक्रमण उपचारका लागि भन्दै ओबिसिआईसँग गरेको औषधी तथा मेडिकल उपकरण खरिदको सम्झौता रद्द गरेको […]