चीनमा राष्ट्रिय शाेक

चीनमा शनिवार शोक घोषणा गरिएको छ र चिनियाँहरु कोभिड १९ का कारण ज्यान गुमाउने आफन्त लाई सम्झना र जनसेवा गर्दागर्दै ज्यान गुमाउनेहरुको सम्मान गरिरहेका छन् ।

राष्ट्रपति शी जिनपिङ शनिबार कोरोनाभाइरस निमोनिया कोभिड १९ का कारण मरेका स्वदेशीको बिरूद्ध लड्न आफ्नो ज्यान अर्पण गर्ने शहीदहरूको लागि राष्ट्रिय शोकको अवधिमा सहभागी भए ।

शी र अन्य नेताहरू सबै चिनियाँ जनतासँग सामेल भए, र झोंगनाहैको केन्द्रीय नेतृत्व परिसरमा मृतकका लागि शोक मनाउन तीन मिनेट मौन धारण गरे। हवाई सायरनहरू, मोटरगाडी,ट्रेन र जहाजहरूको हर्नले पनि शोक धून बजाइरहेको चाइनाडेलीले जनाएको छ ।

राष्ट्रिय झण्डा देशभरमा र बिदेशी नियोगहरुमा आधा झुकाइनुका साथै सबै सार्वजनिक मनोरन्जन गतिविधिहरु देशभरमा स्थगित गरिएको छ।

३,३२६ व्यक्तिको कोभिड १९ का कारण चीनमा मृत्यु भएको थियो । अहिले विस्वभर फैलिएको यो रोगलाई आफ्नो देशमा नियन्त्रण गरिएको चीनको जिकिर छ ।
हुबेई प्रान्तको वुहानमा यस शहरलाई चिनियाँ मुख्य भूमिमा महामारीको सबैभन्दा तीव्र चोट लागेको छ र यस रोगको सिकार भएकाहरूको स्मरणार्थ शोकका गतिविधि पनि आयोजना गरिएको छ ।चीनका सिन्ह्वा, चाइना डेली, ग्लोबल टाइम्स, पिपुललगायतका मिडियाले  अनलाइन संस्करण आधा श्यामश्वेत बनाएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले आज मनाइरहेको राष्ट्रिय शोकमा ऐक्यवद्धता जनाएका छन् ।

blob:http://v-hls.chinadaily.com.cn/6fda922d-43dc-4f47-a74a-8762e3d7b129

Loading...